२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

ओली-प्रचण्ड वार्ता सकियो, फेरी वार्ता गर्ने सहमति, सबै बिषयमा छलफल, निस्कर्ष निस्किएन



काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच भएको आइतबार भएको वार्ता निरन्तरता दिने निर्णय गर्दै सकिएको छ । सबै बिषयमा छलफल भएपनि निश्कर्ष निस्कन भने नसकेको नेताहरुले बताएका छन् । पुनः भोलि सोमबार वार्ता गर्ने गरी आजको छलफल सकिएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच वार्ता भएको थियो । वार्तामा केपी ओलीका पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए भने प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मा सहभागी थिए ।

सोमबार नेकपाको स्थायी समिति बैठक बस्ने यस अघि नै तय भएको थियो । ११ बजे बस्ने स्थायी समिति अघि ६ नेताहरुबीच पुनः बैठक बस्नेछ ।

आजको वार्तामा आपसमा दुरी बढाउने गरी सडकमा जुलुस प्रदर्शन र एकअर्कालाई सार्वजनिक गाली गलौज गर्ने कार्यहरु रोक्ने सहमति भएको बताईएको छ ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यसअघि शुक्रबार ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएपनि आजको वार्तामा पोखरेल र पुन थप भएका हुन् ।

बैठकपछि स्थायी समिति सदस्य जनार्दन शर्माले सबै कोणबाट छलफल भएको तर टुंगोमा पुग्न नसकिएको जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : ५९ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा