४ पुस २०८२, शुक्रबार | December 19, 2025

ओली-प्रचण्ड वार्ता सकियो, फेरी वार्ता गर्ने सहमति, सबै बिषयमा छलफल, निस्कर्ष निस्किएन



काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच भएको आइतबार भएको वार्ता निरन्तरता दिने निर्णय गर्दै सकिएको छ । सबै बिषयमा छलफल भएपनि निश्कर्ष निस्कन भने नसकेको नेताहरुले बताएका छन् । पुनः भोलि सोमबार वार्ता गर्ने गरी आजको छलफल सकिएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच वार्ता भएको थियो । वार्तामा केपी ओलीका पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए भने प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मा सहभागी थिए ।

सोमबार नेकपाको स्थायी समिति बैठक बस्ने यस अघि नै तय भएको थियो । ११ बजे बस्ने स्थायी समिति अघि ६ नेताहरुबीच पुनः बैठक बस्नेछ ।

आजको वार्तामा आपसमा दुरी बढाउने गरी सडकमा जुलुस प्रदर्शन र एकअर्कालाई सार्वजनिक गाली गलौज गर्ने कार्यहरु रोक्ने सहमति भएको बताईएको छ ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यसअघि शुक्रबार ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएपनि आजको वार्तामा पोखरेल र पुन थप भएका हुन् ।

बैठकपछि स्थायी समिति सदस्य जनार्दन शर्माले सबै कोणबाट छलफल भएको तर टुंगोमा पुग्न नसकिएको जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको