४ श्रावण २०८३, सोमबार | July 20, 2026

एनएमबीद्वारा कञ्चन डेभलपमेन्ट बैंक प्राप्तिको प्रस्ताव पारित



काठमाडौं । एनएमबी बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारणसभाले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाका आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात १००ः ८५ लाई विशेष साधारण सभाले स्वीकृत गरेको छ ।

अब कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले उक्त बैंकका १०० कित्ता बराबर एनएमबी बैंक लिमिटेडका ८५ कित्ता शेयर प्राप्त गर्नेछन् । सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति बनाएको बैंक प्राप्तिपछि एनएमबी बैंकको चुक्ता पुँजी रु। १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ रु सात अर्ब पाँच करोड पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न सहज भएकोे र त्यसबाट ग्रामीण तथा शहरोन्मूख क्षेत्रमा दिगो वित्तीय सेवा उपलब्ध गराउन मद्दत पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

 

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ४९ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री