१४ भदौ २०८३, आइतबार | August 30, 2026

बाँकेका प्रजिअ र एसपीलाई नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को स्वागत



नेपालगन्ज । बाँके जिल्लामा सरुवा भएर पुगेका नयाँ प्रशासन प्रमुख प्रमुख जिल्ला अधिकारी र नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षकलाई नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाँके शाखाले स्वागत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा एक महिना अघि सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालय बाँकेमा १५ दिन अघि सरुवा भइ आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई फोनिज बाँकेले आइतबार स्वागत गरेको हो ।

प्रजिअ कुरुम्बाङ र प्रहरी प्रमुख रानालाई फोनिज ५ नम्बर प्रदेशका महासचिव गजेन्द्र गुरुङ, फोनिज बाँकेका संस्थापक सदस्य तथा सल्लाहकार पुर्णलाल चुके, जिल्ला अध्यक्ष समिरमान श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु लगायतले फुलका गुच्छा र खादा दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

फोनिज बाँकेका अध्यक्ष समिरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो स्वागत कार्यक्रममा फोनिज बाँकेका कोषाध्यक्ष सोम गुरुङले स्वागत मन्तव्य राखेका थिए भने, सचिब भगतराम थारुले कार्यक्रम संचालन गरेका थिए ।

बाँकेमा पहिलो पटक प्रशासन र प्रहरी प्रमुख एकै पटक आदीबासी जनजाती समुदायबाट सरुवा भएर गएका हुन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : २५ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा