२० मंसिर २०८२, शनिबार | December 6, 2025

सकियो नेकपा अध्यक्षद्वय प्रचण्ड र ओलीको ‘वान टु वान’ वार्ता, प्रफुल्ल मुद्रामा प्रचण्ड बालुवाटारबाट निस्किए



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएको ‘वान टु वान’ वार्ता सकिएको छ ।

दुई अध्यक्ष आज बिहानै देखि वान टु वान वार्तामा बसेका थिए । वार्ताबाट प्रफुल्ल मुद्रामा अर्का अध्यक्ष बालुवाटारबाट बाहिरिएकाले वार्ता सकारात्मक दिशामा अगाडी बढेको अनुमान गरिएको छ ।

आईतबारको बैठकमा सहयोगी सांछीकारुपमा महासचिव बिष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन सहित वार्ता भएपनि आज दुई अध्यक्षमात्र वार्तामा बसेका थिए ।

बालुवाटारबाट निस्केका अध्यक्ष प्रचण्डले वार्ताका बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । अध्यक्ष द्वयलाई सम्वाद गर्न समय चाहिएको भन्दै पार्टीको स्थायी कमिटीको बैठक बुधबार सम्मका लागि स्थगित गरिएको थियो ।

नेकपामा विवाद समाधान गर्ने भन्दै स्थायी कमिटीको बैठक स्थगित हुंदै आएको छ भने समस्या समाधान गर्ने भन्दै युवा नेताहरुले केन्द्रिय कमिटी बैठकको माग गर्दै अस्ताक्षर अभियान सुरु गरेका छन् ।

पछिल्लो समय घनश्याम भुसालको संयोजनमा दोस्रो तहका प्रभावशाली नेताहरु पार्टी बिभाजन रोक्न सक्रिय भएका छन् भने दुई अध्यक्षबीच समझदारी कायम गर्न शंकर पोखरेल र वर्षमान पुन गृहकार्यमा छन् । महासचिव विष्णु पौडेलले मुख्य नेताहरुसँग सघन संवाद गरिरहेका छन् ।

सोमबार करिव २ घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो । दुई नेताबीच छलफलका लागि आवश्यक परेमा पार्टीका वरिष्ठ नेताहरुलाई पनि राख्ने विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : २५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले