२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

भारत सरकारको सहयोगमा निर्मित इलाम बरबोटेको गुरुकुल विद्यालयको उद्घाटन



काठमाडौं । भारत सरकारको सहयोगमा बनेको एक विद्यालयको सोमबार उद्घाटन गरिएको छ ।

इलामको बरबोटे गाउँपालिकामा अवस्थित श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको सोमबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरिएको भारतीय दूतावासले जनाएको छ ।

नेपाल–भारत मैक्री विकास सहकार्य कार्यत्रम अन्तर्गत ३ करोड १ लाख ३० हजार १३ नेपाली रुपैयाँको लागतमा निर्माण गरिएको सो विद्यालयको उद्घाटन कार्यक्रममा बरबोटे गाउँ विकास समिति, विद्यालय व्यवस्थापन समिति र भारतीय राजदूतावासका प्रतिनिधिहरु सहभागी भएका थिए ।

सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यस विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराईंदै आइएको छ । विद्यालयमा आवासीय सुविधा पनि रहेको छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित विद्यालयको चार तल्ले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् । जसमध्ये दशवटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौवटा शयन कक्ष, चारवटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधाहरु रहेको छ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको परियोजनासँग भारत सरकार र जनताको तर्फबाट जोडिन पाएकोमा भारतीय दूतावास खुशी व्यक्त गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ३७ बजे

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको झिनो अग्रता, रास्वपाका गोविन्द पन्थी नजिकै

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

बाँके-३ मा रास्वपाका सुनार निर्वाचित

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

इलाम-२ एमालेका नेम्वाङको अगाडि

इलाम । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके । बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक

रुपन्देही-४ मा रास्वपाका बनियाँ निर्वाचित

भैरहवा । रुपन्देही-४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले