५ पुस २०८२, शनिबार | December 20, 2025

माउन्ट एभरेष्ट तेक्वोन्दोलाई दोहोरो सफलता



बुटवल । विश्वभर कोरोना भाइरस (कोभिड -१९ ) को समस्या जारी रहेकै बेला अमेरिका स्थित इन्टरनेशनल तेक्वान्दो फ्रेन्डशिप च्याम्पियनशिप (आइओएफटिसी)ले आयोजना गरेको कोभिड अन्तर्राष्ट्रिय भिडियो पुम्से च्याम्पियनशिप २०२० मा माउन्ट एभरेष्ट एकेडेमी पुल्चोक बुटवलका ८ सहभागी मध्ये ६ जनाले पदक जितेका छन ।

जस मध्ये २ जनाले स्वर्ण, २ जनाले रजत र २ जनाले काश्य पदक जितेका हुन । एक साता अघि पठाइएको भिडियोको नतिजा सोमबार प्रकाशित भए अनुसार बुटवलका राष्ट्रिय तेक्वान्दो खेलाडी एवम प्रशिक्षक सुरज श्रेष्ठले सञ्चालन गरेको माउन्ट एभरेष्ट तेक्वोन्दो एकेडेमीका खेलाडिहरु अर्पना भटराई तथा खुसी बरालले स्वर्ण पदक जितेका हुन । उनीहरुले आफ्नो उमेर समुह र वेल्टमा स्वर्ण पदक जितेका हुन ।

यसै गरि आयान कार्की र आशिश भट्टराईले रजत तथा सुहासी श्रेष्ठ र सरुन रजकले पनि आफ्नो उमेर समुहमा काश्य पदक जित्न सफल भए । प्रतियोगितामा विभिन्न १६ देशका खेलाडीको सहभागिता भएका मध्ये नेपालका १ सय १ जना खेलाडी सहभागी भएका थिए ।

यसैगरी २०२० जुलाई ३ देखी ५ लण्डनमा भएको भर्चुअल रेन्ज ओपेन पुम्से च्याम्पियनशिपमा भएको माउन्ट एभरेष्टका तीन जना खेलाडीहरु मध्ये आशिश भट्टराईले अन्डर १४ पुम्से तर्फ तेस्रो स्थान हसिल गर्न सफल भएका छन ।

अनलाइन भिडियो मार्फत भाग लिएको उक्त प्रतियोगिताहरुमा लकडाउनको कारणले गर्दा बढी भन्दा बढी खेलाडीलाई प्रतियोगितामा समाबेश गर्न नसकिएको तर पनि थोरै सहभागी खेलाडीहरुबाट आएको उत्कृष्ट परिणामले आफ्नो क्षेत्र र देशको नाम राख्न सफल हुँदा भविस्यमा अझ राम्रो गर्ने हौसला मिलेको प्रशिक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ४७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता