३ आश्विन २०८३, शनिबार | September 19, 2026

माउन्ट एभरेष्ट तेक्वोन्दोलाई दोहोरो सफलता



बुटवल । विश्वभर कोरोना भाइरस (कोभिड -१९ ) को समस्या जारी रहेकै बेला अमेरिका स्थित इन्टरनेशनल तेक्वान्दो फ्रेन्डशिप च्याम्पियनशिप (आइओएफटिसी)ले आयोजना गरेको कोभिड अन्तर्राष्ट्रिय भिडियो पुम्से च्याम्पियनशिप २०२० मा माउन्ट एभरेष्ट एकेडेमी पुल्चोक बुटवलका ८ सहभागी मध्ये ६ जनाले पदक जितेका छन ।

जस मध्ये २ जनाले स्वर्ण, २ जनाले रजत र २ जनाले काश्य पदक जितेका हुन । एक साता अघि पठाइएको भिडियोको नतिजा सोमबार प्रकाशित भए अनुसार बुटवलका राष्ट्रिय तेक्वान्दो खेलाडी एवम प्रशिक्षक सुरज श्रेष्ठले सञ्चालन गरेको माउन्ट एभरेष्ट तेक्वोन्दो एकेडेमीका खेलाडिहरु अर्पना भटराई तथा खुसी बरालले स्वर्ण पदक जितेका हुन । उनीहरुले आफ्नो उमेर समुह र वेल्टमा स्वर्ण पदक जितेका हुन ।

यसै गरि आयान कार्की र आशिश भट्टराईले रजत तथा सुहासी श्रेष्ठ र सरुन रजकले पनि आफ्नो उमेर समुहमा काश्य पदक जित्न सफल भए । प्रतियोगितामा विभिन्न १६ देशका खेलाडीको सहभागिता भएका मध्ये नेपालका १ सय १ जना खेलाडी सहभागी भएका थिए ।

यसैगरी २०२० जुलाई ३ देखी ५ लण्डनमा भएको भर्चुअल रेन्ज ओपेन पुम्से च्याम्पियनशिपमा भएको माउन्ट एभरेष्टका तीन जना खेलाडीहरु मध्ये आशिश भट्टराईले अन्डर १४ पुम्से तर्फ तेस्रो स्थान हसिल गर्न सफल भएका छन ।

अनलाइन भिडियो मार्फत भाग लिएको उक्त प्रतियोगिताहरुमा लकडाउनको कारणले गर्दा बढी भन्दा बढी खेलाडीलाई प्रतियोगितामा समाबेश गर्न नसकिएको तर पनि थोरै सहभागी खेलाडीहरुबाट आएको उत्कृष्ट परिणामले आफ्नो क्षेत्र र देशको नाम राख्न सफल हुँदा भविस्यमा अझ राम्रो गर्ने हौसला मिलेको प्रशिक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ४७ बजे

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा