४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल प्रहरीले आज नयाँ प्रहरी प्रमुख पाउने, आईजीपी छनौट गर्न मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं । सम्भवत आज साँझ सम्म नेपाल प्रहरीले नयाँ आईजीपी पाउने छ । आईजीपी छनौटकै लागि आज मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

वर्तमा प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउने भएकाले नयाँ आइजीपी छनौटका लागि मन्त्रीपरिषद बैठक डाकिएको बताईएको छ । ज्ञवालीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि प्रहरी सेवाबाट अवकाश पाउनेछन् ।

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । यस अघिका महानिरीक्षक छनौट गर्दा जस्तो यसपटक प्रहरी संगठनमा अस्वस्थ प्रतिस्पर्धा भएको देखिएको छैन । थापाको संगठनमा इमान्दार र कर्तब्यनिष्ठ अधिकृतका रुपमा पहिचान बनाएका छन् भने पाल कमाण्ड कन्ट्रोलका साथै कुशल संगठककारुपमा चिनिन्छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : ५२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज