३१ असार २०८३, बुधबार | July 15, 2026

लागुऔषधसहित दुई युवक पक्राउ



सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ ।

कचनारी प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका–३ निवासी २८ वर्षीय कुष्णदेव यादवलाई पक्राउ गरेको छ ।

भारतीय बजारबाट पैदल आउँदै गरेका यादवलाई शङ्का लागेर जाँच गर्दा लागुऔषध डाइलेक्स डिसी १०० एमएलको ४७ बोतल बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यस्तै यसअघि सोमबार मात्रै घरमै लागुऔषध लुकाइछिपाइ राखेर बिक्री गर्दै आएको अवस्थामा प्रहरीले लागुऔषधसहित गोलबजार नगरपालिका–४ निवासी ४२ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ ।

आफ्नै घर कोठामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीको नेतृत्वमा खटिएको टोलीले लागुऔषध डाइलेक्स डिसी ६७ बोतल, नाइट्रोभेट ट्याब्लेट १६५ थानसहित साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : २० बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा