२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

ओली–प्रचण्डबीच ३ घण्टा छलफल



काठमाडौं । पार्टीभित्र चरमप्रकारले चुलिएको अन्तसंघर्ष मत्थर पार्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार झण्डै ३ घण्टा छलफल भएको छ ।

दुई अध्यक्षबीचको छलफलमा स्थायी कमिटीको स्थगत हुँदै आएको बैठक बुधबार डाकेर त्यहीँ थप छलफल गर्ने समझदारी भएको जनाइएको छ ।

विवादका विषयमा दुवैजना बीच स्पष्ट समझदारी नभए पनि बैठक डाक्ने विषयमा समझदारी भएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्न थालिएपछि नेकपाको विवाद चरमोत्कर्षमा पुगेको थियो ।

ओलीले पार्टीको निर्देशन विपरित काम गरेको प्रचण्ड एवं माधव नेपाल पक्षले आरोप लगाउँदै आएको छ । तर, सरकारको कामलाई सहयोग नगरेको र शिर्ष नेताहरु नै गुटवन्दी गर्दै हिँडेको ओली पक्षले बताउने गरेको छ ।

झण्डै ३ घण्टा भएको मंगलबारको छलफलमा दुई अध्यक्षबीच मन माझेर कुरा भएको बताइएको छ । यद्यपी, अझै पनि कैयौं आशंका बाँकी नै रहेका छन् ।

स्थायी कमिटी बैठकमा एकपक्षीय रुपमा आलोचना र राजीनामा माग्न थालिएपछि ओलीले बैठक नै बहिस्कार गर्दै आएका थिए ।

ओली असार १८ गतेको बैठकमा उपस्थित भएका थिएनन् । यस्तै, २२ गतेकालागि सारिएको बैठक पनि सहमति खोज्न भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठककै बीचमा दुवै पक्षका गुट बैठकहरु भने निरन्तर जारी रहेका छन् । पछिल्ला केही गुट बैठकमा माधव नेपाल पक्षका केही नेताहरुले प्रचण्डलाई विश्वास गर्न नहुने बताउन थालेका छन् ।

झण्डै दुई तिहाई बहुमतको सरकार हाँकेको शक्तिशाली पार्टी भनिएको नेकपा शिर्ष नेतृत्वको सत्तासंघर्षका कारण यतिबेला निरिह जस्तै बनेको छ । नेताहरु काठमाडौंमा झगडा गर्दैगर्दा कार्यकर्ता तहमा जिल्ला र गाउँस्तरमा विभाजन र झडप समेत हुन थालेको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : २५ बजे

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा

‘मोबाइल’को निउँमा भनाभन हुँदा…

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको