७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोभिड-१९ महामारीविरुद्ध बुटवलको नौलो काम-प्रभावित किसानलाई आर्थिक प्रोत्साहन



बुटवल । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि मुलुकमै नमुना र प्रभावकारी काम गर्दै आएको बुटवल उपमहानगरपालिकाले किसान लक्षित अर्को नमुना काम गरेको छ ।

कोभिड–१९ बाट प्रभावित भएका बुटवलका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरुलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्रदान गरेको हो ।

नगरपालिकाले घोषणा गरेको कार्यक्रम अनुसार ५८ जना किसान र दुई वटा समुह सहकारी गरी कुल ६० जनालाई नगद अनुदान प्रदान गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । मंगलबार बुटवल उपमहानगरापलिकामा एक विशेष कार्यक्रम आयोजना गरी नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा लागयतले छनौट भएका किसानहरुलाई चेक प्रदान गर्नुभएको थियो ।

किसानलाई प्रोत्साहन रकमको चेक हस्तान्तरण पछि बोल्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले किसानहरु कुनै पनि प्रकृतिले प्रभावित हुन नदिनको लागि नगरपालिकाले आफ्नो योजना अनुसार सहयोग गरिएको बताउनुभयो । उहाँले नगरपालिका किसानहरुको साथमा रहेको भन्दै आगामी दिनमा नगरपालिका पनि किसानहरुको लागि नरपालिका सदैभ सहयोगी भुमिकामा रहने जानकारी दिनुभयो ।

कृषि पेशालाई आकर्षणको बनाउन बुटवलले दीर्घकालीन महत्वका किसान लक्षित कार्यक्रम सञ्चालन गरेको बताउँदै प्रमुख सुवेदीले तिनै कार्यक्रमलाई प्रभावकारी बनाउन प्रोत्साहनको अभियान सञ्चालन गरिएको बताउनुभयो । कोभिड–१९ विशेष कषि कार्यक्रम (विदेश बाट फर्केका र व्यवसाय उन्मूख कृषकहरुलाई कृषि विकास प्रोत्साहन कार्यक्रम) तर्फ छनौट भएका कृषक, कृषक समूह तथा संस्थाहरुलाई स्वीकृत कार्यक्रम अनुसार प्रोत्साहन अनुदान रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।

बुटवल उपमानरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुसार छनौट भएका किसानहरुलाई कार्य प्रगती अनुसार १५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँ र समुह सहकारीहरुलाई १ लाख र १ लाख ४० हजार नगद अनुदान प्रदान गरिएको हो । बुटवल उपमहानगरपालिकाले कुल ११ लाख ४० हजार रुपैयाँ आर्थिक अनुदान प्रदान गरेको हो । सिम्रिक कृषि सहकारी संस्था लिमिटेड र आदर्श कृषि सहकारी संस्था लिमेटेडलाई नगद क्रमसः एक लाख ४० हजार र एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

बुटवलका यीनै सहकारीको सहकार्यमा बुटवलले किसानलाई फसल धितो राखेर अनुदान दिंदै आएको छ । फसल धितो राखेर अनुदान दिने स्थानीय तहमा बुटवल नै पहिलो हो । जुन सहकारीहरुले धान खेती बोरासहितको छपाई मेसिन र सीड ड्रिल मेसिन खरिदको लागि अनुदान प्रदान गरिएको हो ।

सहकारीहरुलाई कोभिड–१९ विशेष कषि कार्यक्रम (वाली उत्पादन र उत्पादकत्व बृद्धि) का लागि बीऊ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम अन्र्तगत प्रोत्साहन अनुदान रकम प्रदान गरिएको कृषि विकास शाखा प्रमुख जिसीको भनाई छ ।
नगरपालिका स्येयर, जैविक मल, मल्चिङ्ख, थोपा सिंचाई, प्लाष्टिक नर्सरी घर स्थापन, मल्चिङ्ख, ग्रिननेट, स्पेयर, टनेल, बीउविजन, जैविक र रसायनिक मल, कालो रोल प्लाष्टिक, टली, पराल, मिनिटिलर, सुपर, आधार चाका, दाना खुवाउने मेसिन, फ्रेम, पोल, जैविक मल, मल्चिङ्ख, थोपा सिंचाई, तार, मल्चिङ्ख, स्थायी फलामे खम्बा, सिमेन्ट, स्पेयर, तार, मल्चिङ्ख, स्थायी थाक्रा, स्पेयरको लागि आवश्यक पर्ने सामानलगायतका कार्यको लागि बुटवलले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।

बुटवलले लकडाउनका बेलामा पनि यहाँका किसानलाई बजारिकरणका लागि सहयोग गरेको थियो । किसानको ताजा तरकारीलाई सहकारीका माध्यमबाट उपभोक्ताका घरसम्म पु¥याउने उदाहरणीय काम भएको थियो । खासगरी बुटवलको सहरी कृषि प्रवद्र्धन कार्यक्रममा सहभागी किसानहरुलाई लक्षित गरेर बुटवलले सहयोग, सहकार्य, प्रोत्साहन र समन्वयका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ४६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल