४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्रीको बढुवा



काठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले (एआइजी) थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

बुधबार रातिदेखि बर्तामान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजीमा बढुवा गरेको हो । थापाले हाल प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग विभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । थापाले नेपाल प्रहरीको २८ औ महानिरीक्षककोरुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका कटुञ्जेमा जन्मिएका थापा अब्बल दर्जाका प्रहरी अधिकृत मानिन्छन् । विसं २०४९ मा प्रहरी निरीक्षक भएदेखि नै उनी कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुँदै आएका थिए । अहिले महानिरीक्षकका लागि पनि थापा पहिलो नम्बरमै थिए । विसं २०७५ असोजमा डिआइजी भएका थापा गत साल चैत ९ गते एआइजीमा बढुवा भएका थिए ।

उनिसँगै प्रहरी सेवामा प्रवेश गरेका अर्का एआइजी हरिबहादुर पाल पनि प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा थिए। गृहमन्त्री रामबहादुर थापाको सिफारिसमा थापालाई महानिरीक्षमा बढुवा गरिएको हो । एआइजी तारिणीप्रसाद लम्साल भने हालका प्रहरी महानिरीक्षक ज्ञवालीसँगै बुधबार रातिदेखि अनिवार्य अवकाश लिँदै छन्।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको