६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

विश्व स्वास्थ्य संगठनसँग अमेरिकाको औपचारिक सम्बन्ध विच्छेद



अमेरिकाले औपचारिक रुपमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग सम्बन्ध तोडेको छ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा असफल देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई चीनसँग मिलेको मिलेको आरोप लगाउँदै संगठनबाट बाहिरिने चेतावनी दिँदै आएका थिए ।

आफ्नो निर्देशन अनुसार चले मात्र डब्लुएचओसँगको सम्बन्ध कायम राख्ने तर्क गर्दै आएका ट्रम्पले दुई महिना एक महिनाको समयभित्र डब्लुएचओले चीनसँगको व्यवहार सुधार गर्नुपर्ने धम्की दिएका थिए । अन्यथा अमेरिका सधैंका लागि डब्लुएचओबाट बाहिरिने अडानलाई ट्रम्पले पुरा गरेका छन् ।

अमेरिकाले गत जुलाई ६ मा डब्लुएचओबाट अलग हुने जानकारीसहितको पत्र पठाएको छ । अमेरिका बाहिरिएसँगै डब्लुएचओलाई दिने अनुदान पनि स्वतः रोकिने भएको छ । अमेरिका अहिलेसम्म डब्लुएचओको सबैभन्दा ठूलो दाता मुलुक हो । उसले डब्लएचओलाई वार्षिक झण्डै ४०० मिलियन डलर सहयोग गर्दैआएको थियो । तर, डब्लुएचओबाट सम्पूर्ण रुपले बाहिरिन भने अमेरिकालाई कम्तिमा एक वर्ष लाग्छ ।

ट्रम्पको धम्कीपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानम गेब्रियससले संकटको बेलाा संगठनको आवश्यकता सबैभन्दा बढी अमेरिकालाई नै परेको बताउँदै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए । इथियोपियाका पूर्वप्रधानमन्त्री टेड्रोस चीनको कठपुतली बनेको अमेरिकाको आरोप छ ।

तर, अमेरिकाकै कैयौं राजनीतिज्ञ र बुद्धिजीवि एवं विशेषज्ञहरुले डब्लुएचओबाट बाहिरिने निर्णय देशका लागि घातक हुने चेतावनी दिएका छन् । विपक्षी डेमोक्रयाट नेता सेनेचर बब मेनेन्डेजले ट्विट गर्दै महामारीकाबीच डब्लूएचओसँग अलग हुने ट्रम्पको ‘अराजक’ निर्णयले अमेरिकी नागरिकको जीवन असुरक्षित र अमेरिकालाई एक्लो बनाएको आरोप लगाएका छन्।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : ४८ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार