२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

नेकपा स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । पार्टीभित्र तिब्र अन्तसंघर्ष भएपछि पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बस्ने तय गरिएको थियो ।

पार्टी र राज्यसत्ताको नेतृत्वका विषयमा शिर्ष नेताहरुबीच अन्तर्संघर्ष चर्किएपछि नेकपा संकटमा पर्दै आएको छ । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा असार १६ गतेपछि पार्टीभित्रको अन्तर्संघर्षले प्रभावित हुँदै आएको छ ।

असार १६ गतेदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं माधव नेपाल समुहबाट निरन्तर दबाब दिन थालिएपछि पार्टी फुटको अवस्थासम्म पुगेको छ । विवादकै कारण असार १९ गते, २२ गतेको बैठक पनि स्थगित हुँदै आएको थियो ।

बैठक २६ गते बिहान ११ बजेसम्म स्थगितको सूचना आएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले खबरकुरालाई बताए । नेता पौडेलले पार्टीमा शिर्ष नेतृत्व मिल्नुको विकल्प नभएको बताउँदै सहमति खोज्नैका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

विवाद समाधान गर्न भन्दै अध्यक्षद्वय ओली र प्रचण्डबीच यसबीचमा पटकपटक छलफल हुँदै आएको छ । तर, अहिलेसम्म पनि दुई नेताबीच कुनै सहमति हुन सकेको छैन । मंगलबार पनि दुई अध्ययक्षबीच झण्डै तीन घण्टा छलफल भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : ३७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : रास्वपाका ९१ उम्मेदवार विजयी

काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा