३ असार २०८३, बुधबार | June 17, 2026

सहमतिको सकसः नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच अपरान्ह ४ बजे छलफल हुने



काठमाडौं । पार्टी स्थाई कमिटी बैठकलाई पटक पटक स्थगित गर्दै सहमतिको प्रयासमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता हुने भएको छ । दुई अध्यक्षबीच अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

पार्टी र राज्यसत्ताको नेतृत्वका विषयमा शिर्ष नेताहरुबीच अन्तर्संघर्ष चर्किएपछि नेकपा संकटमा पर्दै आएको छ । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा असार १६ गतेपछि पार्टीभित्रको अन्तर्संघर्षले प्रभावित हुँदै आएको छ ।

असार १६ गतेदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं माधव नेपाल समुहबाट निरन्तर दबाब दिन थालिएपछि पार्टी फुटको अवस्थासम्म पुगेको छ ।

विवादकै कारण असार १९ गते, २२ गतेको बैठक पनि स्थगित हुँदै आएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ३ : १६ बजे

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा