४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा पशुपालन गर्ने किसानलाई पनि आर्थिक प्रोत्साहन



बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रभावित पशुपालक किसानलाई पनि आर्थिक प्रोत्साहन गरेको छ । यसअघि कृषि उत्पादनका अरु विभिन्न क्षेत्रमा समर्पित किसानलाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको थियो ।

बुटवल उपमहानगरपालिकामा विभिन्न ठाउँमा जीविकोपार्जनका लागि पशुपालन गर्दै आएका वडाका ८० जना किसानलाई उपमहानगरपालिकाले बुधबार एक समारोहका बीच नगद सहयोग गरेको हो । तरकारी तथा खाद्य बाली उत्पादन गर्दै आएका किसान, तिनै किसानले सञ्चालन गरेका सहकारी संस्थालाई र पशुपालन गर्दै आएका किसानसमेत गरि करिब दुई सय जनालाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

पशुपालक किसानहरुलाई आर्थिक प्रोत्साहन प्रदान गर्दै उपप्रमुख गुमादेवी आचार्यले महामरीका बेलामा कृषि उपजको महत्व बढेको र स्वदेशी उत्पादनको प्रवद्र्धनमा सबैको चासो गएको उल्लेख गर्दै बुटवलमा सोही अनुरुपका कार्यक्रम बनाइएको बताउनुभयो । कृषिलाई समृद्धिको प्रभावकारी आधारका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउँदै बुटवलले खाद्य सुरक्षालाई आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखेको उहाँले स्मरण गराउनुभयो ।
बुटवलले सहरी कृषिलाई प्रवद्र्धन गर्नका लागि भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व बृद्धिका लागि विशेष योजनासमेत बनाएको छ । उक्त कामका लागि उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा विशेष कार्यदलसमेत गठन भएको छ ।

अहिलेको संकटलाई अवसरका रुपमा बदल्नका लागि उपमहानगरले किसानसंग हातेमालो र सहकार्य गर्ने आवधिक तथा दीर्घकालीन महत्वका योजना बनाइरहेको प्रवक्ता तथा कार्यदलका संयोजक रेग्मीको भनाइ छ ।

किसानले महामारीकै बेलामा बाख्रापालन गर्न, बंगूर पालना गर्ने र खोर सुधार गर्नेजस्ता कामका लागि इच्छा जाहेर गरेका थिए । सोही आधारमा १९ वटै वडाबाट किसानलाई छनौट गरेर यसरी आर्थिक प्रोत्साहन गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । प्रदेश सरकारको सहकार्यमा करिब ११ लाख रुपैयाँ बराबरको आर्थिक प्रोत्साहन वितरण गरिएको उपमहानगरको पशुपन्छी विकास शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : ४६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज