५ पुस २०८२, शनिबार | December 20, 2025

डब्लूएचओमा जागिर लगाइदिने लोभ देखाएर लाखौँ रुपैया ठगी



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा जागिर लगाइदिने लोभ देखाएर एक व्यक्तिले लाखौँ ठगी गरेको खुलेको छ ।

नवलपुरको देउचुलीस्थित प्रगतिनगरका विजय पाण्डेले आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी हुँ भन्दै जागिर लगाइदिने बहानामा रकम ठगेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

डब्लूएचओमा जागिर खुलेको भन्दै चितवन भरतपुरकी अस्मिता अधिकारीलाई सम्पर्क गरी अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीका कागजातसमेत बनाई विश्वासमा पारी गत वैशाखमा आईएमईमार्फत रु एक लाख ८२ हजार लिएर फरार भएका थिए । उजुरीका आधारमा खोजी अभियानका क्रममा महाशाखाको टोलीले उनलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनलाई मङ्गलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर, टेकुमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । अनुसन्धानका क्रममा उनले अन्य व्यक्तिलाई समेत ठगी गरेको खुल्न आएको छ । काठमाडौंका फर्निचर व्यवसायी धनबहादुर विष्टबाट रु १८ लाखको फर्निचर किन्छु भनी रु ५० हजार ठगी गरेको, चितवन भरतपुरका निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयमा जागिर लगाइदिने भनी रु तीन लाख ५० हजार ठगी गरेको पाइएको छ ।

यस्तै अछामकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाइ तलब नदिई ठगी गरेको र नवलपरासी बस्ने दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङका कासी गुरुङ तथा ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरेसमेतलाई जागिर लगाउने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । रासस

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ६ : ३३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता