२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

क्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना



काठमाडौं । नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् ।

उनीहरूले केरोना संकटका समयमा महिला तथा किशोरीविरुद्ध भएका हिंसाका घटनाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् ।

किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ सोबारे काठमाडौंस्थित अस्ट्रेलियाली दूतावास, बेलायती वैदेशिक सहायता नियोग (डिएफआइडी), युरोपेली युनियनको प्रतिनिधिमण्डल, फिनल्यान्ड दूतावास, फ्रेन्च दूतावास, जर्मन दूतावास, जापानी दूतावास, वैदेशिक सहायताका लागि जापानी नियोग (जाइका), नर्वेली दूतावास, स्विस दूतावास, नेपालस्थित संयुक्त राष्ट्रसंघ र वैदेशिक सहायताका लागि अमेरिकी नियोग (युएसएआइडी) संयुक्त वक्तव्य जारी गर्दै नेपालको क्वारेन्टिनको अवस्थाबारे संयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

संयुक्त वक्तव्यमा नेपालमा २८ फागुन २०७६ देखि २४ जेठ २०७७ का बीचमा महिला तथा किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ । ती अन्तर्राष्ट्रिय समुदायद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘महिलाहरू परिवार तथा समुदायमा फर्कनुअघि सुरक्षित महसुस गरी समय बिताउनुपर्ने क्वारेन्टिनमा नै यौन दुव्र्यव्यवहार भएको घटनाबारे चिन्ताजनक बयानहरू बाहिर आएका छन् ।’ आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : ३९ बजे

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै