४ पुस २०८२, शुक्रबार | December 20, 2025

शुक्रबारदेखि जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन हुने, भाडा ५० प्रतिशत महंगो



काठमाडौं । सरकारले जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले हरेक जिल्लाभित्र सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय भएको जनाएका हुन् ।

काठमाडौं उपत्यकाभित्र तीनै जिल्लामा र उपत्यका बाहिर सम्बन्धित जिल्लामा यातायात सञ्चालन हुनेपाउनेछ । तर यातायात सञ्चालन गर्दा सञ्चालकले सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनुपर्नेछ । स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री डा युवराज खतिवडाले बताए ।

सार्वजनिक यातायात चलाउँदा गाडीका सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने छ भने यात्रु र गाडीका कर्मचारीले मास्क लगाउनुपर्ने अनिवार्य गरिएको छ ।

सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने भएपछि साविकको भाडा दरभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने गरी यातायात सञ्चालन गर्न दिन लागिएको हो ।
सबै गाडीको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, सवारी साधनभित्र सामाजिक दुरी हुने गरी यात्रु राख्नुपर्ने नियमलाई गाडी सञ्चालकहरुले कडार्ईपूर्वक पालना गर्नुपर्नेछ ।

यसैगरी जोर–बिजोर प्रणाली अनुसार शुक्रबारदेखि नै सार्वजनिक यातायात सञ्चालन हुनसक्ने मन्त्री खतिवडाले जानकारी दिए ।

यसैगरी, चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी ट्याक्सीमा सञ्चालन अनुमति पनि दिइएको छ । एकै परिवार यात्रुहरु भए पाँच वर्ष मुनिका बालबालिकाले दुई जनाबाहेक पनि चढ्न पाउनेछन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ५ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको