२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

उद्दार र राहतमा कुनै सम्झौता हुन्नः सभामुख सापकोटा



सिन्धुपाल्चोक । सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको चौतारामा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बाह्रबिसे नगरपालिका–५ स्थित जम्बु खोलामा गएराति आएको बाढी–पहिरोमा परी घाइतेहुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता नहुने बताएका हुन् ।

सभामुख सापकोटाले उद्धार जारी रहेको र राहत सामग्री वितरण भइरहेको उल्लेख गर्दै बेपत्ताको खोजी र उद्धारमा सरकार प्रभावकारी ढङ्गबाट अगाडि बढ्ने बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरिएको छ ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री सालिकराम जम्मकट्टेल र वन, वातावरण तथा पर्यटनमन्त्री सरेश नेपाललगायतको टोली घटनास्थलमै पुगी उद्धार कार्यमा जुटिरहेका छन् ।

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ६ : ४३ बजे

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै