२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित



काठमाडौं । पार्टीभित्रको विवाद कम हुने कुनै संकेत नभएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरिएको छ ।

आज ११ बजेका लागि तय गरिएको बैठक साउन २ गतेसम्मका लगि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत जानकारी गराएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

गत असार १० गतेदेखि सुरु भएको बैठक असार १६ गतेबाट अकस्मात प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्न थालिएपछि प्रभावित हुँदै आएको छ । ओली इतरको प्रचण्ड–नेपाल समुहले ओलीले सरकार र पार्टी संचालन गर्न नसकेको भन्दै राजीनामा मागिररहेका छन् ।

तर ओली समुहले भने पार्टीका नेताहरु आफुलाई हटाउन गुटवन्दीमा लागेको भन्दै दुवै पदबाट राजीनामा नगर्ने अडानमा रहँदै आएका छन् । विवाद बढ्दै गएपछि नेकपा झण्डै फुटको अवस्थामा पुगेको छ ।

आजको बैठकमा पनि प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुले ओलीको चर्को आलोचना गर्दै राजीनामा माग्ने योजनामा रहेका थिए । तर, स्थायी कमिटी बैठकमा अहिलेसम्म चुप रहेका ओली पक्षीय नेताहरुले राजीनामा माग्ने पक्षको प्रतिवादको तयारी गरेका थिए ।

विवाद शिर्ष नेताहुँदै सडकमा प्रदर्शनको स्तरसम्म तल झरेको छ । ओलीको पक्षमा केही व्यक्तिहरुले सडकमा प्रदर्शन गर्न थालेपछि उनी निकट नेताहरुले समेत त्यस्तो व्यवहारले पार्टी एकतामा झन संकट पुर्याउने भन्दै प्रदर्शन रोक्न आग्रह गरिरहेका छन् । ओली इतरका नेताहरु पनि निरन्तर गुट बैठक गरिरहेका छन् ।
पार्टी विवाद मिलाउनकै लागि पटकपटक स्थायी कमिटी बैठक स्थगित गर्दै अध्यक्षद्वयबीच छलफल भैरहेको छ । तर, बुधबार दुई अध्यक्षबीच भएको छलफल सकारात्मक नभएपछि बिहीबार छलफल नै भएन । दुवै अध्यक्ष आआआफ्नै अडानमा रहेपछि सहमतिको प्रयार निरर्थक बनिरहेको छ ।

दुवै समुहका मध्यमार्गी नेताहरुले कृषि मन्त्री घनश्याम भुषालको कार्यकक्षमा बसेर पार्टी एकताको पक्षमा थप दबाब दिने रणनीति बनाएका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : १० बजे

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको

सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

काठमाडौँ । नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ ।

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव