८ आश्विन २०८०, सोमबार | September 25, 2023

डब्लएचओको नयाँ चेतावनी : कोरोनालाई पुरै नियन्त्रण गर्न असम्भव; डा. फाउची भन्छन्, – लकडाउन छिटै खोल्नु गल्ती



विश्व स्वास्थ्य संगठन (डब्लएचओ)ले कोरोना भाइरसलाई पुरै नियन्त्रण गर्न कठिन हुने चेतावनी दिएको छ ।

डब्लएचओका आपतकालीन कार्यक्रम प्रमुख डा. माइक रायनले गएराति जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नोवल कोरोना भाइरसलाई पुरै समाप्त गर्न नसकिने बताएका हुन् । उनले भने, ‘अहिले जस्तो स्थिति देखिँदैछ, त्यसबाट लाग्दैन कि यो भाइरसलाई पुरै समाप्त पार्न सकिन्छ ।’
जुन क्लस्टरमा संक्रमणको अत्याधिक मामिला देखिएको छ, त्यहाँ कोरोना भाइरसलाई फैलिन रोकेर दोस्रो चरणको महामारी त रोक्न सकिएला तर पुरै समाप्त गर्न मुस्किल छ । यसका लागि फेरि पनि लकडाउनको अवस्थाबाट अघि बढ्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा मात्रै २ लाख २८ हजार १०२ जना थपिएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले अपडेड गरेको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या अहिलेसम्म १ करोड २४ लाख ५९ हजार ३ सय कटेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५९ हजार ४ सय ३९ कटेको छ ।

अमेरिकाका नेशनल इन्स्टिच्यूट अफ एलर्जी एण्ड इन्फेक्टियस डिजिजका प्रमुख डा एन्थोनी फाउचीले लकडाउन छिटो खोलेर विश्वले गल्ती गरेको चेतावनी दिएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रवार इन्टरनेशनल एड्स सोसाइटीको एक बैठकलाई सम्बोधन गर्दै संक्रामक रोक विशेषज्ञ डा. फाउचीले हावाबाट समेत कोरोना भाइरस फैलिने तथ्य देखिएको बेलामा लकडाउन खोल्नु घातक भएको बताएका हुन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : १६ बजे

कांग्रेसद्वारा महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न महासमितिको तयारीका लागि विभिन्न

खजुरामा महाआरतीको दोस्रो सृङखला सम्पन्न

खजुरा । बाँकेको खजुरामा महाआरतीको दोस्रो सृङ्खला सफलतापूर्वक सम्पन्न भएको

सङ्घीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको

PM Prachanda’s China visit: 12 different agreements, one MoU signed

Beijing: Nepal and China have signed 12 different agreements and

PM Prachanda pays tribute to late Mao Zedong in Tiananmen Square

Beijing: Prime Minister Pushpa Kamal Dahal Prachanda paid his respect