६ श्रावण २०८३, बुधबार | July 22, 2026

डब्लएचओको नयाँ चेतावनी : कोरोनालाई पुरै नियन्त्रण गर्न असम्भव; डा. फाउची भन्छन्, – लकडाउन छिटै खोल्नु गल्ती



विश्व स्वास्थ्य संगठन (डब्लएचओ)ले कोरोना भाइरसलाई पुरै नियन्त्रण गर्न कठिन हुने चेतावनी दिएको छ ।

डब्लएचओका आपतकालीन कार्यक्रम प्रमुख डा. माइक रायनले गएराति जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नोवल कोरोना भाइरसलाई पुरै समाप्त गर्न नसकिने बताएका हुन् । उनले भने, ‘अहिले जस्तो स्थिति देखिँदैछ, त्यसबाट लाग्दैन कि यो भाइरसलाई पुरै समाप्त पार्न सकिन्छ ।’
जुन क्लस्टरमा संक्रमणको अत्याधिक मामिला देखिएको छ, त्यहाँ कोरोना भाइरसलाई फैलिन रोकेर दोस्रो चरणको महामारी त रोक्न सकिएला तर पुरै समाप्त गर्न मुस्किल छ । यसका लागि फेरि पनि लकडाउनको अवस्थाबाट अघि बढ्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा मात्रै २ लाख २८ हजार १०२ जना थपिएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले अपडेड गरेको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या अहिलेसम्म १ करोड २४ लाख ५९ हजार ३ सय कटेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५९ हजार ४ सय ३९ कटेको छ ।

अमेरिकाका नेशनल इन्स्टिच्यूट अफ एलर्जी एण्ड इन्फेक्टियस डिजिजका प्रमुख डा एन्थोनी फाउचीले लकडाउन छिटो खोलेर विश्वले गल्ती गरेको चेतावनी दिएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रवार इन्टरनेशनल एड्स सोसाइटीको एक बैठकलाई सम्बोधन गर्दै संक्रामक रोक विशेषज्ञ डा. फाउचीले हावाबाट समेत कोरोना भाइरस फैलिने तथ्य देखिएको बेलामा लकडाउन खोल्नु घातक भएको बताएका हुन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : १६ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न