१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

प्रमुख र उप–प्रमुख बीच होडबाजी, लुम्बिनीको बजेट अनिश्चित



भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिकामा बजेटका विषयमा विवाद हुँदा बजेट आउन सकेको छैन । रुपन्देही जिल्लाका १५ वटा पालिकाको बजेट आइसक्दा लुम्बिनी सांस्कृतिक नगरपालिकाको बजेट आपसि बिवाद हुँदा आउन सकेको छैन ।

नगर प्रमुख मनमोहन चौधरी र उप–प्रमुख जानकीदेवी श्रीवास्तवका बिचमा आ–आफ्नो ठाउँमा धेरै बजेट पार्ने होडबाजी हुँदा नगरको बजेट प्रस्तुत हुन नसकेको हो ।

नगर परिषदमा नगर प्रमुख मनमोहन चौधरी अल्मत र उप–प्रमुख जानकिदेवी श्रीवास्तवको बहुमत हुँदा नगर परिषद रोकिएको जानकारहरु बताउँछन् । नगर प्रमुखले बिगतमा जस्तै आफ्नो क्षेत्रमा धेरै बजेट र उप–प्रमुखको क्षेत्रमा कम बजेट पार्न खोजेका कारण विवाद भएको छ एक स्थानीयले नाम नबताउने सर्तमा भने ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका १३ वटा वडाका वडा अध्यक्षहरु अन्तर्गत १।१ करोड बजेट दिने सहमती भएको छ । स्थानिय उप–प्रमुख निकटका एकजना वडा अध्यक्षका अनुसार नगरमा साढे सात करोड बजेट बचेको छ, जसमा प्रमुखले ४ करोड र उपप्रमुखले ३ करोड आ–आफ्नो क्षेत्रमा खर्च गर्ने गरि बाँडौ भन्दा नगर प्रमुख मनमोहन चौधरीले एकलौटि गर्न खोज्दा बजेट अन्योल भएको हो । ४ करोड प्रमुखले चलाए पनि उपप्रमुखले ३ करोड आफ्नो क्षेत्रमा खर्च गर्न पाउनुपर्ने उप प्रमुख जानकीदेवी श्रीवास्तवको माग रहेको छ ।

यहि असार १ गते नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भई पास भएपनि बजेट आउन सकेको छैन । बजेटको सबै काम सकिए पनि बजेट प्रस्तुत गर्ने समयको कुनै निश्चीत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव रेग्मीले बताए ।

नगर प्रमुख मनमोहन चौधरीले भने २,३ वटा वडाहरुबाट योजना प्रस्ताव नआएकाले ढिला भएको बताए । उनले वडाहरुको कार्यक्रम प्रस्ताव आईतबार बिहान सम्म आए आईतबार नै बैठक बसेर बजेटका काम सक्ने उनले बताए

‘प्रोसेस नै ढिला भएको छ, समय दिनुपर्यो छलफलमा बस्नु पर्यो अनि बल्ल हुन्छ नि’ रेग्मीले भने । यति गते नै बजेट आउँछ भन्ने बारेमा कुनै टुंगो नभएको उनले बताए ।

गत वर्ष नगर प्रमुख र उपप्रमुख बिच विवाद हुँदा बजेट आउन ढिलाई भएको थियो । यो वर्ष पनि आपसी सहमती नहुँदा बजेट समयमा आउन नसकेको हो । आपसि सहमती हुन नसक्दा बजेट प्रस्तुत गर्ने समय अनिश्चीत हुन पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : ०५ बजे

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता