१२ बैशाख २०८१, बुधबार | April 25, 2024

प्रमुख र उप–प्रमुख बीच होडबाजी, लुम्बिनीको बजेट अनिश्चित



भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिकामा बजेटका विषयमा विवाद हुँदा बजेट आउन सकेको छैन । रुपन्देही जिल्लाका १५ वटा पालिकाको बजेट आइसक्दा लुम्बिनी सांस्कृतिक नगरपालिकाको बजेट आपसि बिवाद हुँदा आउन सकेको छैन ।

नगर प्रमुख मनमोहन चौधरी र उप–प्रमुख जानकीदेवी श्रीवास्तवका बिचमा आ–आफ्नो ठाउँमा धेरै बजेट पार्ने होडबाजी हुँदा नगरको बजेट प्रस्तुत हुन नसकेको हो ।

नगर परिषदमा नगर प्रमुख मनमोहन चौधरी अल्मत र उप–प्रमुख जानकिदेवी श्रीवास्तवको बहुमत हुँदा नगर परिषद रोकिएको जानकारहरु बताउँछन् । नगर प्रमुखले बिगतमा जस्तै आफ्नो क्षेत्रमा धेरै बजेट र उप–प्रमुखको क्षेत्रमा कम बजेट पार्न खोजेका कारण विवाद भएको छ एक स्थानीयले नाम नबताउने सर्तमा भने ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका १३ वटा वडाका वडा अध्यक्षहरु अन्तर्गत १।१ करोड बजेट दिने सहमती भएको छ । स्थानिय उप–प्रमुख निकटका एकजना वडा अध्यक्षका अनुसार नगरमा साढे सात करोड बजेट बचेको छ, जसमा प्रमुखले ४ करोड र उपप्रमुखले ३ करोड आ–आफ्नो क्षेत्रमा खर्च गर्ने गरि बाँडौ भन्दा नगर प्रमुख मनमोहन चौधरीले एकलौटि गर्न खोज्दा बजेट अन्योल भएको हो । ४ करोड प्रमुखले चलाए पनि उपप्रमुखले ३ करोड आफ्नो क्षेत्रमा खर्च गर्न पाउनुपर्ने उप प्रमुख जानकीदेवी श्रीवास्तवको माग रहेको छ ।

यहि असार १ गते नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भई पास भएपनि बजेट आउन सकेको छैन । बजेटको सबै काम सकिए पनि बजेट प्रस्तुत गर्ने समयको कुनै निश्चीत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव रेग्मीले बताए ।

नगर प्रमुख मनमोहन चौधरीले भने २,३ वटा वडाहरुबाट योजना प्रस्ताव नआएकाले ढिला भएको बताए । उनले वडाहरुको कार्यक्रम प्रस्ताव आईतबार बिहान सम्म आए आईतबार नै बैठक बसेर बजेटका काम सक्ने उनले बताए

‘प्रोसेस नै ढिला भएको छ, समय दिनुपर्यो छलफलमा बस्नु पर्यो अनि बल्ल हुन्छ नि’ रेग्मीले भने । यति गते नै बजेट आउँछ भन्ने बारेमा कुनै टुंगो नभएको उनले बताए ।

गत वर्ष नगर प्रमुख र उपप्रमुख बिच विवाद हुँदा बजेट आउन ढिलाई भएको थियो । यो वर्ष पनि आपसी सहमती नहुँदा बजेट समयमा आउन नसकेको हो । आपसि सहमती हुन नसक्दा बजेट प्रस्तुत गर्ने समय अनिश्चीत हुन पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : ०५ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको