१९ आश्विन २०८३, सोमबार | October 5, 2026

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा पुरानो मेडिकल कलेजका सीईओ सहित ४ डाक्टर पक्राउ



चितवन । पटक पटक विवादमा आइरहने चितवनको कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) का चार जना डाक्टरहरु पक्राउ परेका छन् ।

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, किरण अधिकारी र बालकृष्ण कालाखेतीलाई पक्राउ गरेको स्रोतले बतायो । डा.सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि रहेको खुलेको छ ।

सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र अधिवक्ता पनि पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट आएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं लगिदै छ । ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको स्रोतको भनाइ छ ।

पुरानो मेडिकल कलेजकै मिलेमतोमा एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरिएको खुलेको छ । उक्त प्रकरणमा उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरिएको हो ।

ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन । भारतीय नागरिक भी नटराज र नगेन्द्र पम्पाटीले सँचालन गरेको सो मेडिकल कलेजले यसअघि करोडौ रकम कर नतिरेको भन्दै भरतपुर महानगरपालिकाले बन्द गर्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो ।

स्रोतका अननुसार नक्कली डकुमेन्ट बनाएर मृगौला प्रत्यारोपण गर्ने ती डाक्टरहरुलाई छुटाउन भी नटराज र नगेन्द्र पम्पाटीले प्रहरीमा चलखेल शुरु गरेका छन् ।

प्रहरीले भारतीय नागरिक भी नटराज र नगेन्द्र पम्पाटीलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको स्रोतले बतायो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : १७ बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा