६ श्रावण २०८३, बुधबार | July 22, 2026

अन्ततः ट्रम्पले पनि सार्वजनिक रुपमा मास्क लगाए



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका छन् ।

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले अन्ततः सार्वजनिक रुपमा प्रस्तुत हुँदा मास्क लगाएका हुन् ।

जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिनका लागि महत्वपूर्ण हुने बताएको मास्क लगाउन लगातार अस्वीकार गर्दै आएका ट्रम्पले अमेरिकामा कोभिड–१९ बाट एक लाख ३४ हजार सात सय भन्दा धेरैको ज्यान गएपछि तथा ३२ लाख ४२ हजार भन्दा धेरै संक्रमित भएपछि मास्क लगाएका हुन् ।

वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।

मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने, ‘मलाई लाग्छ मास्क लगाउनु उत्कृष्ट कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास छ ।’

यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए । अझ पत्रकारले देख्ने गरी त मास्क लाउँदै नलाउने उनको भनाई थियो ।

गएको हप्ता फक्स बिजनेश नेट्वर्कसँग कुरा गर्ने क्रममा ट्रम्पले ‘आफू सम्पूर्णतः मास्कका लागि रहेको’ बताएका थिए । मास्क लगाउँदा आफू राम्रो देखिएको पनि उनले बताएका थिए । उनले आफूलाई फिक्सनल मास्क हिरो लोन रेन्जरसँग तुलना गरेका थिए ।

गएको अफ्रिमा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले सबैलाई बाहिर निस्कँदा मास्क वा रुमालले मुख छोप्न भनेको थियो । तर ट्रम्पले सो निर्देशन नमान्ने बताएका थिए ।

त्यो बेला ट्रम्पले भनेका थिए, ‘मलाई लाग्दै मैले मास्क लगाउँछु । मास्क लगाएर अरु देशका राष्ट्रपति, प्रधानमन्त्री, शासक, राजा, रानीसँग भेट गर्नु, म यो सम्भव देख्दिनँ ।’

केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पलाई उनका सहायोग सल्लाहकारहरुले कम्तिमा एकपटक सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन सुझाव दिएका थिए ।

यसको कारण राजनीतिक रहेको उनीहरुको भनाई छ । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि मतदाता तान्नका लागि पनि एकपटक सार्वजनिक स्थानमा मास्क लगाउन ट्रम्पलाई उनका सहयोगीले आग्रह गरेको बताइन्छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ६६ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

पछिल्लो पटक लुइजियाना राज्यले मास्क अनिवार्य गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ३६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं