१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एनआरएनएद्वारा डिजिटल परिचयपत्र वितरण सुरु



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डिजिटल परिचयपत्र वितरण कार्यलाई अघि बढाएको छ ।

एनआरएनएलाई डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्टको घोषणा गरेलगतै संघले डिजिटल परिचयपत्रसम्बन्धी काम अघि बढाएको हो ।

संघका महासचिव डा. हेम राज शर्माका अनुसार एनआरएन अमेरिका, अष्ट्रेलिया पछि कतार, जर्मनी र जापानका सदस्यहरुलाई डिजिटल आईडि वितरण गरिने भएको छ । संघले पहिलो पटक मध्यपूर्वको कतारबाट परिचयपत्र बाँढ्न सुरु गरेको हो ।

एमआईएस प्रणालीमा दर्ता नभएमा वा सदस्यको पूर्ण विवरण (नाम, फोटो, र ईमेल) प्राप्त नभएका राष्ट्रिय समितिलाई तत्काल डिजिटल परिचयपत्र वितरण गर्न नसकिने संघले जनाएको छ । पन्जिकृत सदस्यको पूर्ण विवरण केन्द्रमा पुगेपछि मात्र डजिटल आईडि वितरण गर्न सकिने संघले बताएको छ ।

एनआरएनए यूकेको विवरण पठाउन ढिलाई
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एमआईएस प्रणालीबाट सदस्यता वितरण नगरेका कारण सदस्यता वितरण प्रकृयामा ढिलाई हुने भएको छ ।

एनआरएनए यूकेका सदस्यहरुको विवरण पूर्णरुपमा एमआईएस प्रणालीमा रुपान्तरण भई नसकेको र सम्पूर्ण सदस्यहरुको पूर्ण विवरण (ईमेल) केन्द्रमा प्राप्त नभएको कारणले परिचयपत्र वितरणमा ढिलाई हुने भएको संघका महासचिव डा. शर्माले जनाएका छन् ।

एनआरएनए यूकेको सदस्यहरुको परिचयपत्र बन्न ढिलाई भए पछि संघले सदस्यता वितरण समितिका संयोजक रामचन्द्र पोखरेलको संयोजकत्वमा रहेका समितिलाई परिचालन गरेको छ ।

एनआरएन यूके लगायतका सदस्यहरुको सम्पूर्ण विवरण प्राप्त भएपछि सबै राष्ट्रिय समितिमा डिजिटल परिचयपत्र वितरण सुरु हुने डा। शर्माले बताए ।

योसंगै बेलायतमा ढिलाई हुन गैरहेको डिजिटल परिचयपत्र वितरणको काम अगाडि बढेको हो

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : ०१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा