२ पुस २०८२, बुधबार | December 17, 2025

४३ करोड हिनामिना गर्ने सहकारीका अध्यक्ष पक्राउ परेपछि पीडितहरु न्याय माग्न जिल्ला प्रशासनमा



नेपालगञ्ज । झण्डै आधा अर्व रुपैया हिनामिना भएको नेपालगन्ज स्थित सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेपछि बचतकर्ताको एक समूह जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन पुगेको छ ।

हिनामिनाका मुख्य नाईके रहेका सहकारीका अध्यक्ष चौधरी पक्राउ परेपछि आफ्नो रकम पाउने आशा बोकेका बचतकर्ताहरु जिल्ला प्रशासन कार्यालय धर्ना दिन पुगेका हुन् ।

जिल्ला प्रशासन पुगेका उनीहरुले फरार रहेका अन्य अभियुक्तलाई पनि पक्राउ गरि आफुहरुको रकम दिलाईदिन दबाब बढाएका छन् । बचतकर्ताहरुले बनाएको संघर्ष समितिका संयोजक विजय गुप्तासहितको टोली प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीसंग छलफल गरेको थियो ।

सहकारी वित्तीय विकास संस्था लिमिटेडमा ४३ करोड रुपैयाबढी हिनामिना भएपछि ४१ जनालाई प्रतिवादी बनाएर प्रहरीले सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत मुद्धा चलाएको छ । चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य पक्राउ परेपनि मुख्य नाईके अध्यक्ष चौधरी सहित ८ जना अभियुक्त फरार थिए ।। प्रहरीले ६ जना समातेकोमा चार जना थुनामा छन् भने दुई जना धरौटीमा छुटेका छन् । म्याद भि अदालत हाजिर भएका मध्य संस्थाका उपाध्यक्ष र थप १ जना कर्मचारी पनि थुनामा छन् । मुद्दामा अभियुक्त बनाइृएका मध्य २७ जना अदालतमा उपस्थित भएका थिए । अदालत उपस्थित भएर धरौटीमा छुट्नेहरुमा नेपालगन्ज उप महानगरका २ जना वडा अध्यक्षहरु पनि छन् ।

फरार रहेका अरुलाई पनि छिटो पक्राउ गरेर आफ्नो बचत फिर्ता पाउने वातावरण बनाउन बचतकर्ताले बारम्बार दबाब बढाइरहेका छन् ।

कूल पूँजी रु ५२ करोड रहेको सहकारीबाट रु ४३ करोड अपचलन भएको थियो । सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका थिए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : २४ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको