१६ चैत्र २०८२, सोमबार | March 30, 2026

४३ करोड हिनामिना गर्ने सहकारीका अध्यक्ष पक्राउ परेपछि पीडितहरु न्याय माग्न जिल्ला प्रशासनमा



नेपालगञ्ज । झण्डै आधा अर्व रुपैया हिनामिना भएको नेपालगन्ज स्थित सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेपछि बचतकर्ताको एक समूह जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन पुगेको छ ।

हिनामिनाका मुख्य नाईके रहेका सहकारीका अध्यक्ष चौधरी पक्राउ परेपछि आफ्नो रकम पाउने आशा बोकेका बचतकर्ताहरु जिल्ला प्रशासन कार्यालय धर्ना दिन पुगेका हुन् ।

जिल्ला प्रशासन पुगेका उनीहरुले फरार रहेका अन्य अभियुक्तलाई पनि पक्राउ गरि आफुहरुको रकम दिलाईदिन दबाब बढाएका छन् । बचतकर्ताहरुले बनाएको संघर्ष समितिका संयोजक विजय गुप्तासहितको टोली प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीसंग छलफल गरेको थियो ।

सहकारी वित्तीय विकास संस्था लिमिटेडमा ४३ करोड रुपैयाबढी हिनामिना भएपछि ४१ जनालाई प्रतिवादी बनाएर प्रहरीले सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत मुद्धा चलाएको छ । चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य पक्राउ परेपनि मुख्य नाईके अध्यक्ष चौधरी सहित ८ जना अभियुक्त फरार थिए ।। प्रहरीले ६ जना समातेकोमा चार जना थुनामा छन् भने दुई जना धरौटीमा छुटेका छन् । म्याद भि अदालत हाजिर भएका मध्य संस्थाका उपाध्यक्ष र थप १ जना कर्मचारी पनि थुनामा छन् । मुद्दामा अभियुक्त बनाइृएका मध्य २७ जना अदालतमा उपस्थित भएका थिए । अदालत उपस्थित भएर धरौटीमा छुट्नेहरुमा नेपालगन्ज उप महानगरका २ जना वडा अध्यक्षहरु पनि छन् ।

फरार रहेका अरुलाई पनि छिटो पक्राउ गरेर आफ्नो बचत फिर्ता पाउने वातावरण बनाउन बचतकर्ताले बारम्बार दबाब बढाइरहेका छन् ।

कूल पूँजी रु ५२ करोड रहेको सहकारीबाट रु ४३ करोड अपचलन भएको थियो । सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका थिए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : २४ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन