२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

अनलाइन सञ्चारमाध्यमको गुणस्तरमापन आवश्यक : सञ्चारमन्त्री खतिवडा



काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अनलाईन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् ।

अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताए ।

सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिकीकररण कार्यक्रममा बोल्दै अर्थमन्त्री समेत रहनुभएका खतिवडाले गुणस्तरिय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताएका हुन ।

खतिवडाले भने, ‘‘एक दिनमा एउटा अनलाईन दर्ता हुने गरेछ यसरी कसरी होला ? कति अनलाई न चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाईन चाहिने हो की ? क्वालिटीमा जाने हो ? विषयवस्तुको अलिकति गहिराई र चौडाईमा जाने हो की संख्या मात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाडी बढ्नुपर्छ ।’

खतिवडाले कोरोना संक्रमणका कारण सञ्चारमाध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताए ।

बैंकहरुबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उनफे जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ३७ बजे

न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारत लगातार दोस्रो पटक टी-२० विश्वकप च्याम्पियन

काठमाडौं । आयोजक भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?

कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२

समानुपातिकमा रास्वपाको पछिल्लो मतसंख्या ३० लाख ६४ हजार

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्येक्ष तर्फको मतपरिणम

लोकगायक कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बि.के.