२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई दिन सशस्त्र महानिरीक्षक प्रहरी प्रधान कार्यालयमा



काठमाडौं । नेपालको सुरक्षा अङ्गका प्रमुखहरुले नयाँ संस्कारको थालनी गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा बढुवा भएसँगै अर्को सुरक्षा अङ्गका प्रमुख नेपाल प्रहरी कै प्रधान कार्यालय पुगेर बधाई ज्ञापन गर्ने परम्पराको थालनी भएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा प्रहरी प्रधान कार्यालय पुगेर बधाई दिएको ३ दिन पछि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिन प्रहरी प्रधान कार्यालय पुगेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपालप्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाइ दिएका हुन् ।

भेटघाटका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षकथापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’प्रदान गरेका थिए ।

भेटघाटका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ३५ बजे

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान