८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपालमै उत्पादन हुने औषधि आयातमा रोक लगाउन व्यवसायीको माग



काठमाडौं । नेपालमा उत्पादन हुने औषधि आयातमा रोक लगाउन माग गर्दै औषधि व्यवसायीहरु बुधबार पनि आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीहरुले औषधी आयात र बिक्रि वितरणमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । उनीहरुले आफुहरुसँग सरकारले यसअघि पटकपटक गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

व्यवसायीहरुले औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहीन औषधि आयात र विक्रि वितरणमा प्रतिवन्ध लगाउनुपर्ने माग पनि गरेका छन् ।

नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारले कुदृष्टि परेको बताए ।

व्यवसायीहरुले गत असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेकोमा आपत्ति जनाएका छन् । श्रेष्ठले नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरीय र व्यवस्थित रुपले उत्पादन भइरहेको बताए ।

सरकारले एकलौटी रुपमा औषधिमा दशौं गुणासम्म बढाइएको राजस्व खारेज गर्नुपर्ने, विनादर्ता र गुणस्तर स्यानिटाइजर बिक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १ : ४२ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस