१५ चैत्र २०७९, बुधबार | March 29, 2023

रूरू मिलन केन्द्र बुटवलद्वारा रक्तदान



बुटवल । रूरू मिलन केन्द्र बुटवल रूपन्देहीले बुटवलमा रक्तदान तथा क्यालेन्डर बिमाेचन कार्यक्रम गरेकाे छ ।

काेराेना महामारीको समयमा भैरहेकाे रगत अभावलाई कम गर्ने र मानवीय सेवालाई प्रमुख उद्देश्य ठानेर रक्तदान कार्यक्रम गरिएको केन्द्रले जनाएको छ । अध्यक्ष जमुना सुवेदीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि एवं केन्द्रका सल्लाहकार ऋषिराम भण्डारीले केन्द्रले स्थापनाकालदेखि नै सामाजिक सेवालाई अगाडि बढाएकाेमा प्रशंसा गरे ।

साे अबसरमा बाेल्दै बिशिष्ट अतिथि नेपाली कांग्रेस बुटवलका नगर सभापति खेलराज पाण्डेले केन्द्रले रूरू क्षेत्रकाे समग्र बिकासमा पनि याेगदान दिनुपर्ने बताए । नेकपा नगर अध्यक्ष बाबुराम पन्थीले संस्था चलाउयमान बनाउन सबैकाे भुमिका रहनुपर्ने बताए । कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष राधा ज्ञवाली,उपाध्यक्ष रमा पाण्डे ,अभियान्ता कृष्ण चाैहान क्षेत्री, केन्द्रका सचिब अनुपमा श्रेष्ठ लगायतले बाेलेका थिए ।

समाज रूपान्तरणका लागि रूरू एकतालाई अगाडि बढाउन सबै एकजुट र सहकार्य जरूरी रहेकोमा बक्ताहरूकाे जाेड थियाे ।

कार्यक्रममा ३२ युनिट रगत संकलन भएको सचिव अनुपमा श्रेष्ठले बताए । कार्यक्रममा नयाबर्ष २०७७ काे भित्तेपात्राे क्यालेन्डर बिमाेचन समेत गरिएको थियाे ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : २९ बजे

खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको

मन्त्रालय भागवण्डामा सहमति जुटाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं । मन्त्रालय बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका दलहरुको बैठक

अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने

नेपालगन्ज । अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने भएको छ

एकीकृत समाजवादीबाट प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौं । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ ।