७ आश्विन २०८३, बुधबार | September 23, 2026

रूरू मिलन केन्द्र बुटवलद्वारा रक्तदान



बुटवल । रूरू मिलन केन्द्र बुटवल रूपन्देहीले बुटवलमा रक्तदान तथा क्यालेन्डर बिमाेचन कार्यक्रम गरेकाे छ ।

काेराेना महामारीको समयमा भैरहेकाे रगत अभावलाई कम गर्ने र मानवीय सेवालाई प्रमुख उद्देश्य ठानेर रक्तदान कार्यक्रम गरिएको केन्द्रले जनाएको छ । अध्यक्ष जमुना सुवेदीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि एवं केन्द्रका सल्लाहकार ऋषिराम भण्डारीले केन्द्रले स्थापनाकालदेखि नै सामाजिक सेवालाई अगाडि बढाएकाेमा प्रशंसा गरे ।

साे अबसरमा बाेल्दै बिशिष्ट अतिथि नेपाली कांग्रेस बुटवलका नगर सभापति खेलराज पाण्डेले केन्द्रले रूरू क्षेत्रकाे समग्र बिकासमा पनि याेगदान दिनुपर्ने बताए । नेकपा नगर अध्यक्ष बाबुराम पन्थीले संस्था चलाउयमान बनाउन सबैकाे भुमिका रहनुपर्ने बताए । कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष राधा ज्ञवाली,उपाध्यक्ष रमा पाण्डे ,अभियान्ता कृष्ण चाैहान क्षेत्री, केन्द्रका सचिब अनुपमा श्रेष्ठ लगायतले बाेलेका थिए ।

समाज रूपान्तरणका लागि रूरू एकतालाई अगाडि बढाउन सबै एकजुट र सहकार्य जरूरी रहेकोमा बक्ताहरूकाे जाेड थियाे ।

कार्यक्रममा ३२ युनिट रगत संकलन भएको सचिव अनुपमा श्रेष्ठले बताए । कार्यक्रममा नयाबर्ष २०७७ काे भित्तेपात्राे क्यालेन्डर बिमाेचन समेत गरिएको थियाे ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : २९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११