६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

प्रदेश ५ सरकारको कोभिड नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपालको १ करोड सहयोग



बुटवल । प्रदेश ५ सरकारले स्थापना गरेको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषका लागि सूर्य नेपाल प्रालीले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आयोजित एक कार्यक्रमकाबीच प्रालीका उपाध्यक्ष रवि केसीले मुख्यमन्त्री पोखरेललाई १ करोड रकमको चेक हस्तान्तरण गरे ।

सहयोग रकम ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना कोषमा भएको रकम खर्च गर्ने छुट्टै कार्यविधि र संयन्त्र रहेको र कोरोना संक्रमण निर्मूल नहुन्जेलसम्म कोषमा भएको रकम अन्यत्र खर्च नहुने बताए । पोखरेलले कोभिड-१९ कोषमा रकम सहयोग गरेकोमा सूर्य नेपाललाई धन्यवाद ज्ञापन गरे ।

पोखरेलले प्रदेशमा करिब ४ हजार संक्रमित फेला परेकोमा अहिले भने ८० प्रतिशत भन्दा धेरै व्यक्ति निको भएर घर फर्किएको जानकारी दिए ।

उनले प्रदेश ५ मात्र नभई ५२ वटा जिल्लाका नागरिकहरु भारतबाट यहि प्रदेशका नाका प्रयोग गरि भित्रिँदा एकैपटक धेरै संक्रमित फेला परेको भएपनि अहिलेभने अवस्था नियन्त्रणतर्फ गएको बताए ।

मुख्यमन्त्री पोखरेललाई चेक हस्तान्तरण गर्दै सूर्य नेपालका उपाध्यक्ष केसीले कोरोना कोषमा उपलब्ध गराएको रकम कोरोना नियन्त्रण तथा उपचारका लागि उपकरण खरिदमा खर्च गर्न आग्रह गरे ।

सूर्य नेपालले प्रत्येक प्रदेशलाई १,१ करोड सहयोग गर्ने यस अघि नै घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ०७ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ