६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

आजको मौसम : देशभर आंशिकदेखि सामान्य वदली, केही स्थानमा वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तर्फ सरेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही एक, दुई स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी आज विहान २ बजे मापन गरिएको रेकर्ड अनुसार बलेफि नदी जलविरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा एक्कासी जलसतह १ मिटर बढेर सतर्कता बिन्दु आसपास बाढी आएको छ । यो बाढीको अवस्था बढ्दो रहेको छ । तसर्थ सुनकोशी नदी तटीय क्षेत्र र यस नजिक रहनेहरुले आज दिनभर सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ६ : ३९ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको