४ पुस २०८२, शुक्रबार | December 19, 2025

डिआईजी शाही र कार्की एआईजीको बढुवा सिफारिसमा



काठमाडौं । नेपाल प्रहरीका दुई डिआइजी एआइजी पदमा बढुवाका लागि सिफारिसमा परेका छन् । रिक्त रहेको २ एआईजी पदका लागि गृह मन्त्रालयले डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिले सिफारिस गरेका दुई जना मध्ये शाही प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका र अर्का कार्की भने विशेष ब्युरोको नेतृत्व गरिरहेका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस सचिवालयका अनुसार डिआईजी द्वयलाई प्रहरी नियमावली २०७१(संशोधन सहित)को नियम २७को उप नियम (४( अनुसार सिफारिस गरिएको हो ।

दुबै जनालाई अहिलेसम्म कुनै विवादमा नपरेको प्रहरी अधिकृतका रुपमा हेरिने गरेको छ । सिफरिसका सम्बन्धमा कुनै उजुरी नपरे उनीहरुले एक साता भित्र दर्ज्यानी चिन्ह लगाउने छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ८ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको