२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

प्रधानमन्त्रीबाट राजीनामा दिन प्रचण्ड–नेपालको आग्रह, राजीनामा नदिने ओलीको अडान यथावत



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक भोलि अर्थात साउन २ गते बस्दैछ ।

सहमति नभए पुनः सर्ने यो बैठक अघि आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

छलफलका क्रममा दुवै नेताले ओलाईलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् ।

पार्टीभित्र ओलीको राजीनामा मागिएपछि निरन्तर विवादको भुँमरीमा परेको नेकपा स्थायी कमिटी बैठक बस्नु अघि भएको तीन नेताको छलफलमा दुई नेताले राजीनामा मागेका हुन् । तर, ओलीले भने पूर्ववत रुपमै राजीनामा नदिने अडान व्यक्त गरेका छन् ।

यसअघि प्रचण्ड र ओलीको मात्रै भेट हुनेगरेको थियो । तर, आज भने अर्का नेता नेपालपनि प्रचण्डसँगै वालुवाटार पुगेका थिए । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

ओलीसँग भेट्न अघि प्रचण्ड–नेपाल समुहका नेताहरु खुमलटारमा छलफल गरेका थिए । छलफलमा ओलीको राजीनामा माग्ने अडान कायमै राख्ने सहमति भएको थियो ।

पार्टीमा सहमति खोज्न भन्दै एकसातासम्म स्थगित गरिएको स्थायी कमिटी बैठक भने भोलि पनि हुने या नहुनेमा अन्यौल देखिएको छ । शिर्ष नेताहरुबीच सहमति नभए बैठक पुनः स्थगित हुनसक्ने एक स्थायी कमिटी सदस्यले बताए ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले पार्टीको बैठक बोलाउन गत बैशाखमा सामुहिक हस्ताक्षर गरेका थिए । तर, ति मध्ये केही नेताहरुले भने अहिले हस्ताक्षरलाई दुरुपयोग गरिएको टिप्पणी गर्न थालेका छन् ।

उनीहरुले पार्टीको बैठक बोलाउनका लागि सामुहिक हस्ताक्षर गरिएको तर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री हटाउनका लागि हस्ताक्षर नगरिएको जिकिर गरेका छन् ।  उनीहरु हरहालतमा पार्टी एकता जोगिनुपर्ने लाइनमा रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  २ : ४६ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा