२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

यातायात व्यवस्था विभागले कोभिड-१९ को कारण देखाउँदै लाईसेन्स वितरण र ट्रायल दशैं सम्मका लागि स्थगित



काठमाडौं। यातायात ब्यवस्था बिभाग अन्तर्गतका कार्यालय खुलेर धमाधम राजश्व, यातायात शुल्क, दस्तुर र जरिवाना उठाउन सुरु गरेपनि सवारी चालक अनुमतीपत्र (लाइसेन्स)को ट्रायल भने दशैंपछि मात्रै खोल्ने भएको छ ।

सरकारले लकडाउन खुकुलो बनाउंदै असार १ गतेबाट सरकारी कार्यालयबाट सेवा दिने निर्णय गरेसँगै यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरु खुलेर कर, राजश्व उठाउन सुरु गरेका छन् । कर उठाउन कोरोनाले अवरोध नगरेपनि लाईसेन्सको ट्रायल दिन भने कोभिड १९ को कारण देखाउंदै खोल्न नसकिने बिभागले जनाएको छ । यातायात ब्यवस्था बिभागका महानिर्देशक गोगन बहादुर हमालले दशै अघि ट्रायल खोल्न नसकिने बताए।

महानिर्देशक हमालले कोभिडका कारण उत्पन्न परिस्थिति सहज नहुदासम्म खोल्न नसकिने भन्दै खुलेका कार्यालय दर्ता,नवीकरण लगायतक अरु नै कामले व्यस्त हुदा ट्रायल खोल्न सक्ने अवस्था नरहेको जानकारी दिए। यातायात कार्यालयहरु सीमित र त्यसमा पनि कर्मचारी पर्याप्त नहुदा सेवाग्राहीको लामो लाइन लाग्ने गरेको छ। देशका अधिकांस यातायात ब्यवस्था बिभाग अन्तर्गतका कार्यालयहरुमा दर्बन्दी अनुसारका कर्मचारी छैनन् ।

राजश्व।कर उठाउने उद्देश्य राखेर खुलेका यातायात ब्यवस्था कार्यालयका देशैभरीका कार्यालयहरुमा ठूलो भिड लागेको छ । सरकारले सामाजिकदुरी र स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिए पनि बिभाग अन्तर्गतका कार्यालयहरु संक्रमक ऐन उल्लंघन गर्नमा अग्रस्थानमा रहेको पाईएको छ ।

नेपालमा देशभरिमा दैनिक रुपमा ६ देखि ७ हजारले ट्रायल दिने गरेकोमा दैनिक ट्रायल पास र नवीकरण गरि लाइसेन्सको माग ५ हजारको हाराहारीमा रहेको बिभागले जनाएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भन्दै सरकारले लकडाउन गरेकाले करिव चार महिना देखि लिखित र प्रयोगात्मक दुवै रोकिएको छ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ३ : ५३ बजे

लगातार तीन सर्किट ब्रेकपछि नेप्सेको कारोबार स्थगित

काठमाडौं । सोमबार नेप्से परिसुचकमा तीव्र उछाल आएपछि लगातार तीन

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका

नेप्सेमा दोस्रो पटक पनि सकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट

नेप्सेमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन