४ पुस २०८२, शुक्रबार | December 19, 2025

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने



एजेन्सी । अमेरिकन एयरलाइन्सले झण्डै २५ हजार कर्मचारी कटौती गर्ने भएको छ  । कोरोनाभाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने भएको कम्पनीले जनाएको छ ।

निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । पदमुक्त हुन लागेका कर्मचारीहरुलाई दुई बर्षभन्दा बढीको विदा लिन वा अग्रिम अवकास लिन आग्रह पनि गरिएको छ ।

“कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घटेको छैन, कतिपय राज्यहरुले निषेधात्मक व्यवस्थाहरुलाई फेरि सक्रिय बनाउन थालेका छन्, त्यसैले तत्काल पर्याप्त हवाई सेवा सञ्चालनमा आउने देखिदैन,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोङ पार्कर र अध्यक्ष रोबर्ट इसोमले भने । कम्पनीले जुन महिनासम्ममा ८० प्रतिशतभन्दा बढी आम्दानी घटेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ६ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको