२ पुस २०८२, बुधबार | December 17, 2025

विदेशमा अलपत्र नेपालीलाई नि:शुल्क उद्वार गर्नेे निर्णयको एनआरएनएद्वारा स्वागत



लण्डन । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरू सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तले सरकारले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपालीहरुलाई नि:शुल्क स्वदेश फर्काउने निर्णयको स्वागत गरेका छन् ।

पन्तले सरकारले गरेको पछिल्लो निर्णयले मध्यपूर्वमा रहेका नेपालीहरुलाई ठूलो राहत मिल्ने बताए ।

अलपत्र नागरिकलाई फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन्। ।

सरकारले कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्दधन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय गरेको थियो ।

यसअघि गैरआवासीय नेपाली संघले विदेममा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्धार गर्न सरकारसंग पटकपटक छलफल गरेको थियो ।

स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम प्रयोग गर्ने निर्णय सरकारले बिहीवार सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ८ : ४१ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको