४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रभु समूहका सेवाहरु अव सगुन सोसल मिडियाबाट पनि लिन सकिने



काठमाडौं। सोसल मिडिया एप अव मनोरन्जन र रमाईलाका लागि मात्र होईन सेवा र सुबिधाका लागि पनि प्रयोग हुन थालेका छन् ।

पछिल्लो समय नेपालमा पनि सोसल मिडियाले सुचना, जानकारीसँगै उपभोक्ताहरुलाई सहजिकरण गरिदिन थालेको छ ।

सोसल मिडिया प्रयोगकर्ताहरुले एनसेल, स्मार्ट सेल, र एनटीसीको रिचार्ज कार्ड सित्तैमा प्रयोग गर्ने सुबिधा लिईरहेका सगुन मार्फत प्रभु समूहको सेवा पनि लिन सक्ने भएका छन् ।

सोसल मिडिया एप सगुन र प्रभु म्यानेजमेन्टबीच ज्ञान र आम्दानी बढाउने उद्देश्यका साथ सम्झौता भएको छ। सामाजिक सञ्जाललाई मनोरञ्जनका लागि मात्रै भन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी सँग जोड्ने उदेश्यले साझेदारी गरिएको कम्पनीले जनाएको छ।

यो सम्झौताले सगुनका प्रयोगकर्ताहरुले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सहज बनाउनुका साथै पैसा पठाउन र पाउन, बैंकमा जम्मा गर्ने लगायतका प्रभु म्यानेजमेन्टका सेवा सुविधाको पनि लाभ लिन सक्ने जनाइएको छ।

प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामाले प्रभु समूहको रूपमा सगुनको वृद्धिका लागि पूर्ण योगदान दिने बताईन्।

सगुन नेपालका कन्ट्री म्यानेजर आनन्द बज्रचार्यले प्रभु म्यानेजमेन्टले नेपालीहरुलाई वर्षौंदेखि दिइरहेको सेवासुविधाबारे परिचित भएकोले साझेदारी गरिएको जानकारी दिए ।

सगुन अमेरिका, नेपाल र भारतमा दर्ता भइ संचालनमा आइरहेको छ। हालसम्म सगुनका ५७ लाख प्रयोगकर्ता रहेका छन्।

प्रभु म्यानेजमेन्ट सँगको सहकार्यपछि नेपाल र भारतका प्रयोगकर्ताहरुले मात्र करिब ४ करोड स्मार्ट कोइन बराबरको किनमेल गरिसकेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको