२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

लमजुङमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन शुरु



लमजुङ । राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत लमजुङमा व्यक्तिगत विवरण सङ्कलन शुरु गरिएको छ ।

गण्डकी प्रदेशसभामा नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले आफ्नो व्यक्तिगत विवरण दर्ता गराई फोटो खिचाएर उक्त कार्यको शुभारम्भ गरेकी हुन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले यो कार्यक्रमअन्तर्गत पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउन आउने वा सोझै प्रशासनको सम्पर्क राख्न आउनेलाई मात्र राष्ट्रिय परिचयपत्र वितरण गरिने उल्लेख गर्दै आगामी वर्ष स्थानीय तहको वडावडामा गएर वितरण गरिने जानकारी दिए ।

कार्यक्रम अनुसार १६ वर्ष उमेर पुगेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । पञ्जीकरण विभागसँग समन्वय गरेर जन्मदर्तासँगै राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति रहेको बताइएको छ । नेपाली नागरिकताको प्रमाणपत्रको कमिकमजोरीलाई समेत यो परिचयपत्रले हटाउने र नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका सबै नेपाली वा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने मापदण्ड पुगेका सबैले यो राष्ट्रिय परिचयपत्र सजिलै प्राप्त गर्न सक्ने प्रावधान रहेको छ ।

परिचयपत्रमा नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औँठा) छापसहितको विवरणसमेत समावेश गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चिप्स र युनिक कोडसहितको यो परिचयपत्रमा सम्बन्धित व्यक्तिको हातका औँलाको प्रिन्ट, अनुहार तथा आँखाको माइक्रो स्केन जडित हुने भएकाले कुनै पनि व्यक्तिको आधिकारिक पहिचान खुलाउन यो परिचयपत्र अहिलेसम्मकै सबभन्दा भरपर्दो साधन सावित हुने विश्वास गरिएको छ ।

परिचयपत्रमा हरेक नागरिकलाई नदोहरिने कोड नम्बर प्रदान गरिने तथा परिचयपत्रमा हुने व्यक्तिगत विवरण अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित राखिने भएको छ ।

यो परिचयपत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई यकिन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । रासस

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : ४७ बजे

धनुषा-१ को नतिजा तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ को मतपरिणाम तत्काल घोषणा

स्पेस टेक्नोलोजीमा चीनको कदम : लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा

बेइजिङ । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित

बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको