२१ आश्विन २०८३, बुधबार | October 7, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड आज पनि अवरुद्ध, एउटा पहिरो हटाएर नसक्दै गयो अर्को पहिरो



बुटवल । शुक्रबार रातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको एउटा पहिरो हटाएर नसकिंदै अर्को पहिरो खसेको छ । शुक्रबार राती तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै खसेको पहिरो हटाएर सडक सुचारु नहुँदै सोहीसडक खण्डको दोभान सिद्धबाबा नजिकै नाग ढुङ्गा भन्ने स्थानमा पहिरो खस्दा सडक थप अवरुद्ध भएको छ ।

२ स्थानमा पहिरो खसेको कारण बिगत २ दिन देखि अवरुद्ध बुटवल पाल्पा खण्डको सडक आज पनि नखुल्ने भएको छ ।

पहिरो हटाउन सडक डिभिजन कार्यालय बुटवलबाट डोजर गएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले गौडे पुलमा गएको पहिरो हटाउन आज दिनभर नै लाग्ने जनाएको छ । अवरुद्ध सडक खुलाउनका लागि पाल्पातर्फबाट एक लोडर तथा बुटवतर्फबाट एक लोडर र एस्काभेटर प्रयोग भएपनि माटो झर्ने क्रम नरोकिँदा सडक खुल्न समय लाग्ने भएको हो ।

शुक्रबार खसेको पहिरोले लु १ क ११७५ नम्बरको ट्रक परेको थियो । पहिरोले ट्रक पुुुरिए पनि कुनै मानविय क्षति भने भएको थिएन । पहिरो हटाउने कार्य जारी रहेको र पहिरो निरन्तर झरिरहेकोले गर्दा अवस्था जोखिमपुर्ण रहेको छ ।

सडक सुचारु नहुँदा सम्म सो सडक भएर यात्रा गर्नुपर्नेहरुले यात्रा तय नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : १४ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द