२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड आज पनि अवरुद्ध, एउटा पहिरो हटाएर नसक्दै गयो अर्को पहिरो



बुटवल । शुक्रबार रातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको एउटा पहिरो हटाएर नसकिंदै अर्को पहिरो खसेको छ । शुक्रबार राती तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै खसेको पहिरो हटाएर सडक सुचारु नहुँदै सोहीसडक खण्डको दोभान सिद्धबाबा नजिकै नाग ढुङ्गा भन्ने स्थानमा पहिरो खस्दा सडक थप अवरुद्ध भएको छ ।

२ स्थानमा पहिरो खसेको कारण बिगत २ दिन देखि अवरुद्ध बुटवल पाल्पा खण्डको सडक आज पनि नखुल्ने भएको छ ।

पहिरो हटाउन सडक डिभिजन कार्यालय बुटवलबाट डोजर गएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले गौडे पुलमा गएको पहिरो हटाउन आज दिनभर नै लाग्ने जनाएको छ । अवरुद्ध सडक खुलाउनका लागि पाल्पातर्फबाट एक लोडर तथा बुटवतर्फबाट एक लोडर र एस्काभेटर प्रयोग भएपनि माटो झर्ने क्रम नरोकिँदा सडक खुल्न समय लाग्ने भएको हो ।

शुक्रबार खसेको पहिरोले लु १ क ११७५ नम्बरको ट्रक परेको थियो । पहिरोले ट्रक पुुुरिए पनि कुनै मानविय क्षति भने भएको थिएन । पहिरो हटाउने कार्य जारी रहेको र पहिरो निरन्तर झरिरहेकोले गर्दा अवस्था जोखिमपुर्ण रहेको छ ।

सडक सुचारु नहुँदा सम्म सो सडक भएर यात्रा गर्नुपर्नेहरुले यात्रा तय नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : १४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

गोरखा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा

गुराँस हेर्न बागलुङको रायराँयकोट

बागलुङ । बागलुङको रायराँयकोट यतिबेला चर्चामा छ । गुराँसको जङ्गलबीच

धनुषा-१ को नतिजा तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ को मतपरिणाम तत्काल घोषणा

स्पेस टेक्नोलोजीमा चीनको कदम : लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा

बेइजिङ । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको