४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रिय अभिलेखालयमा आफ्नै इतिहास प्रभाव पार्ने अभिलेख नभएको खुलासा



काठमाडौं । नाम राष्ट्रिय अभिलेखालय भए पनि अभिलेखालयमा नेपालको इतिहास उजागर गर्ने कुनै पनि सामाग्री नभएको खुलासा भएको छ ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा भएको छलफलमा उपस्थित भएका पुर्व अभिलेखाल प्रमुख भिमप्रसाद नेपालले राष्ट्रिय अभिलेखालयका इतिहासमा प्रभाव पार्न सक्ने रेकर्ड राष्ट्रिय अभिलेखालयसँग नभएको खुलासा गरेका हुन् ।

नेपालमा कहिल्यै पनि ‘रेकर्ड म्यानेजमेन्ट मैत्री प्रशासन’ नभएको उल्लेख गर्दै पुर्व अभिलेखालय प्रमख नेपालले प्रमाणको रुपमा ग्रहण गर्न सक्ने कुनै रेकर्ड अभिलेखालयमा नभएको बताए । उनले भने, ‘‘अभिलेखालयमा प्रमाणको रुपमा ग्रहणगर्न सक्ने, रेकर्ड म्यानेजमेन्टको रुपमा प्रयोग गर्न सक्ने, इतिहासमा प्रभाव पार्न सक्ने खालको गरी रेकर्ड नै भएको छैन् ।’’

अभिलेखालयलाई वीर पुस्तकालयको उत्तराधिकारीकारुपमा मात्र सिमीत गरिएको भन्दै नेपालले अभिलेखालयमा वीर पुस्तकालयको संकलनमा रहेका पुराना हस्तकला, हस्तलिखित दन्त्यहरु र शिलालेखका प्रतिलिपिहरुलाई व्यवस्थित गर्ने काम बाहेक अरु केहि नभएको जानकारी दिए । उनले २०४६ मा अभिलेख संरक्षण ऐन २०४६ जारी भएर ३० वर्ष पुरातत्व विभाग अन्तरगत हुँदा पनि अभिलेखालयको कुनै विकास हुन नसकेको स्पष्ट पारे ।

अभिलेखालय रेकर्ड सिर्जना गर्ने नभएर आएका रेकर्डहरु व्यवस्थापन गरेर राख्ने कार्यालय भएको उनको भनाई छ । अझै पनि रेकर्ड राख्नैपर्ने बाध्यकारी नियम नभएका कारण कतिपय कार्यालयहरुले रेडर्क व्यवस्थापनमा चासो नदिने गरेको नेपालले आरोप लगाए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : ०८ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म