६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोनाबारे राष्ट्रपति ट्रम्पको अर्को फण्डा, अमेरिकामा मृत्युदर सबैभन्दा कम भएको दाबी



कोरोना भाइरसबारे अनेकौं फण्डा बोल्दै विवाद र चर्चाको घेरामा रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदरबारे फेरि अर्को फण्डा जारी गरेका छन् । अमेरिकामा कोरोनाको मृत्युदर विश्वकै सबैभन्दा कम रहेको ट्रम्पले दाबी गरेका छन् ।

कोरोना भाइरसबारे आधिकारिक तथ्याङ् राख्दै आएको जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरो भाइरका कारण मर्नेको संख्या १ लाख ४० हजार भन्दा माथि छ । कोरोन संक्रमण र मृत्यु हुनेमा सबैभन्दा ठूलो संख्यामा पनि अमेरिका नै अगाडि छ । तर, राष्ट्रपति ट्रम्पले आफ्नो देशको मृत्युदरको तथ्यांकलाई अस्वीकार गरेका छन् ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ६ लाख भन्दा बढी मृत्यु भएको छ । जबकी सबैभन्दा धेरै मृत्यु अमेरिकामै भएको छ । अमेरिकामा कोरोना मृत्युदर विश्वको सातौं स्थानमा रहेको छ ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा जोड दिएर ट्रम्पले भनेका छन् कि उनको देशमा सबैभन्दा कम मृत्युदर रहेको छ । उनले अत्याधिक परीक्षण गरिएका कारण देशमा कोरोना संक्रमण दर बढेको पनि जिकिर गरेका छन् ।

अमेरिकाका दक्षिणी राज्यमा अहिले संक्रमणको मामिला निकै बढेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : १५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं