६ बैशाख २०८३, आइतबार | April 19, 2026

रगतको अभाव रोक्न रोटरी क्लब अफ रुपन्देही तिलोत्तमाद्रारा आकस्मिक रक्तदान



बुटवल । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा रगतको माग दैनिक ७० युनिट छ ।

रगत आवश्यक परेका बिरामीहरु केन्द्रमा अस्पतालको सिफारिसमा लिन आउनेको भिड नै हुने गर्दछ । दैनिक रगत खपत हुने केन्द्रमा दाताहरुको पनि अभाव भने छैन । कोरोना भाईरसका कारण चार महिना लामो लकडाउन चलिरहदा यहाको मागलाई सामाजिक संघसंस्थाहरुले आकस्मिक रक्तदान मार्फत पुरा गरिरहेको छ ।

केन्द्रका ल्याब इन्चार्ज तथा सदस्य सचिव जोग बहादुर गुरुङले कार्यालयमा लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीलाई कुल संकलनमध्ये ५० प्रतिशत खपत हुने बताए । यो क्षेत्रमा मृगौलाका बिरामीहरुको डायलोसिस सेवा शुरु भएसंगै उनिहरुको माग समेत बढेको उनले बताए । ‘सामान्यतया क्यान्सर, थाल्सेमिया, डायलोसिस, मेजर अपरेशन, एनिमिया, सिकलसेल, प्रसुति केसहरुमा रगतको माग छ ।’– उनले भने ।

रुपन्देहीमात्र नभई नारायणगढ, काठमाडौं क्षेत्रमा हुने माग समेत बुटवलले धान्ने गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए । ‘आजै ५ युनिट एबी पोजिटिभ रगत चितवन पठाउदै छौ ।’– उनले भने । हरेक दिन जसो रगतको माग बढेको उनले बताए । रगत अभाव रोक्न दैनिक जसो रक्तदान कार्यक्रम जारी रहेको उनले बताए ।

लक डाउन अवधिको ४ महिनामा केन्द्रबाट ५ हजार १ सय ७९ युनिट रगत संकलन भएको छ । बिरामीहरुले कम्पोनेन्ट, प्याक सेल र होल ब्लड गरि ६ हजार ३६ युनिट रगत लगेका छन । चैत महिनामा १ हजार ६४ संकलन भएर १ हजार २ सय ९४ कम्पोनेन्ट सहित खपत भएको छ । यसैगरि बैशाख १ हजार ५ सय १२ संकलन र १ हजार ४ सय ९३ खपत भएको छ । यसैगरि जेठमा १ हजार ४५ युनिट संकलन र १ हजार ४ सय ४९ युनिट खपत भएको छ ।

असारमा १ हजार ५ सय ५८ युनिट संकलन र १ हजार ८ सय युनिट खपत भएको छ । यसैगरि रगत अभावको समस्यामा रोटरी क्लब अफ रुपन्देही तिलोत्तमाले शनिबार रक्तदान गरेको छ । रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदह र रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको सहआयोजनामा सोमबार गरिएको आकस्मिक रक्तदानमा ९० युनिट रगत संकलन भएको संयोजक सन्जय प्रकाश श्रेष्ठले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले ब्लड बैकका प्राविधिक प्रमुख राधा शर्मालाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्दै रगत अभावमा परेका विरामीहरु बुटवलमा समस्या रहदैन भनेर उदाहरण दिन सफल भएको दाबी गरे । यहाका संघसंस्थाहरु निरन्तर लाग्दा समस्या टरेको उनले बताए ।

कार्यक्रममा एजी खिमानन्द भुषाल, क्लबमा अध्यक्ष गोपाल ज्ञवाली, पुर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, ओम अर्यालले समाजमा नया कामसहित अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : १७ बजे

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका