५ पुस २०८२, शनिबार | December 20, 2025

साउन १५ देखि होटल रेष्टुरेन्ट खोल्न पाइने, भदौ १ देखि विद्यालयमा विद्यार्थी भर्ना अभियान थाल्ने



काठमाडौं । सरकारले साउन १५ गतेदेखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय  गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै  होटल रेष्टुरेन्ट संचालन गर्ने दिने निर्णय भएको जानकारी गराएका हुन् ।

तर, सामुहिक रुपमा गरिने भोज भतेर, पार्टी सेमिनार जस्ता गतिविधि भने होटल रेष्टुरेन्टमा गर्न पाइनेछैन ।

यस्तै भदौ १ देखि विद्यालयमा विद्यार्थी भर्ना अभियान थाल्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै  सरकारले अन्तरजिल्ला यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । भदौ १ गतेबाट अन्तरजिल्ला यातायात संचालन गर्ने निर्णय भएको खतिवडाले  जानकारी दिएका छन् ।

यस्तै, ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न दिने निर्णय पनि सरकारले गरेको छ ।

कोरोना भाइरसको महामारी रोक्न भन्दै गत चैत्र ११ गतेदेखि सरकारले लगाएको लकडाउन अब अन्त्य भएको पनि मन्त्री खतिवडाले बताए ।

यसैगरी, हालै आएको बाढी पहिरोमा परि घाइते भएकाहरुको उपचारको व्यवस्था सरकारले गर्नेभएकोछ । मृतकका परिवार, घाइते र अशक्तलाई यथोचित राहतको व्यवस्था पनि गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : १२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता