१७ आश्विन २०७९, सोमबार | October 3, 2022

भदौ १ गतेदेखि हवाई उडान सुरु हुँदै, के छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तयारी ?



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गतेदेखि सुचारु हुने हवाई उडानको कार्यतालिका तयार गरेको छ । विमानस्थलले दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको विमानस्थलका प्रमुख देवेन्द्र केसीले बताए ।

पूमुख केसीले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडानबाट विमानस्थललाई सुचारु गर्ने योजना सुनाए ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ ।

तर विमानस्थलले दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन ।

तरपनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटा भन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए । त्यस्तै आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उनले बताए ।

अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा कम्तिमा चार घण्टा अघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने तयारी छ ।

समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो ।

स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने आवश्यकता देखिएको छ । विमानस्थलसँग जनशक्ति प्रयाप्त भएको तर संक्रमणको जोखिम कमगर्नका लागि साधन स्रोत थप्नुपर्ने केसीले बताए ।

देशभित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको उनले जनाए । सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिने उनले प्रष्ट पारे ।

कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशिल ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका प्रोटोकललाई पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उनले बताए ।

यस्तै, यात्रुहरुलाई विमानस्थलमा आउँदा सतर्क रहन समेत केसीले आग्रह । विमानस्थलमा कुनै पनि व्यक्तिलाई समस्या भए त्यसको व्यवस्थापन गर्न विमानस्थल सक्षम रहेको पनि उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ४६ बजे

आइएमई काउन्टरमाबाट नगद र सुन लुटपाट गर्ने मध्य एकजना पक्राउ

ताप्लेजुङ । सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकको कन्चन मनि

स्थानीयतह निर्वाचनमा उम्मेदवार बनेकाले कांग्रेसबाट टिकट नपाउने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न मंसिर ४ गते हुने प्रदेश

मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे

बुटवलका नगर प्रमुख पाण्डेयलाई स्याङ्जामा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई स्याङ्जाको कालीगण्डकीमा सम्मान

महरा समानुपातिकबाट आउट, के लड्लान् त प्रत्यक्ष निर्वाचन ?

बुटवल। लगातार हरेक निर्वाचनमा प्रत्येक्ष निर्वाचनमा टिकट पाईरहेका र हरेक