५ पुस २०८२, शनिबार | December 20, 2025

भदौ १ गतेदेखि हवाई उडान सुरु हुँदै, के छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तयारी ?



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गतेदेखि सुचारु हुने हवाई उडानको कार्यतालिका तयार गरेको छ । विमानस्थलले दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको विमानस्थलका प्रमुख देवेन्द्र केसीले बताए ।

पूमुख केसीले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडानबाट विमानस्थललाई सुचारु गर्ने योजना सुनाए ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ ।

तर विमानस्थलले दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन ।

तरपनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटा भन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए । त्यस्तै आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उनले बताए ।

अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा कम्तिमा चार घण्टा अघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने तयारी छ ।

समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो ।

स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने आवश्यकता देखिएको छ । विमानस्थलसँग जनशक्ति प्रयाप्त भएको तर संक्रमणको जोखिम कमगर्नका लागि साधन स्रोत थप्नुपर्ने केसीले बताए ।

देशभित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको उनले जनाए । सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिने उनले प्रष्ट पारे ।

कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशिल ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका प्रोटोकललाई पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उनले बताए ।

यस्तै, यात्रुहरुलाई विमानस्थलमा आउँदा सतर्क रहन समेत केसीले आग्रह । विमानस्थलमा कुनै पनि व्यक्तिलाई समस्या भए त्यसको व्यवस्थापन गर्न विमानस्थल सक्षम रहेको पनि उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ४६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य