२० बैशाख २०८१, बिहिबार | May 2, 2024

राजविराजका १३ जनासहित सप्तरीका १४ जनामा कोरोना संक्रमण



सप्तरी । कोरोना संक्रमणबाट गत बिहीबार मृत्यु भएका ७३ वर्षीय एक पुरूषको सम्पर्कमा आएका १० जनासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गजेन्द्र नारायण सिंह अस्पताल तथा विराटनगरस्थित पिसिआर परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टले मृतकको सम्पर्कमा आएका१० जनासहित १४ जनामा संक्रमण पुष्टि भएको हो ।

गत बिहीबार निधन भएका राजविराजका प्रतिष्ठित व्यवसायीको सम्पर्कमा उनीहरू रहेका थिए ।

गजेन्द्र नारायणसिंह अस्पताल हाताभित्र संचालित पोषण गृहकी एक महिला स्वास्थ्यकर्मीसहित राजविराज नगरपालिका वडा नं. २, ३, ६ र ७ का ६ महिला तथा ६ पुरुषलाई संक्रमण भएको छ । यस्तै, जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका एक पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

संक्रमित हुनेहरुमा गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत एक जना सफाईकर्मी पनि रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ४ सय ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

कोरोना संक्रमणबाट निधन भएका व्यवसायीका परिवारका ५ जना सदस्य, दुई जना कामदार र दुई जना छिमेकीमा पनि यस अघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमणबाट मृत्यु भएका तथा उनका परिवारजनको सम्पर्कमा रहेकाहरु कतिपयको परिक्षण रिपोर्ट नआएको तथा परिक्षण नै नगराई कतिपय खुल्ला रुपमा डुलिरहेको बुझिएपछि नगर क्षेत्रमा त्रास फैलिएको हो ।

मृतकको सम्पर्कमा आएका तथा मृतक परिवारसँग भेटघाट गर्न गएकाहरुमा समेत ठूलो संख्यामा संक्रमणको पुष्टि भएपछि राजविराजमा खैलाबैला मच्चिएको छ ।

कममात्रामा परिक्षण भएपनि जिल्लामा हालसम्म ४ सय ४ जना संक्रमण देखिसकिएको र दिनहुँ संक्रमित फेला पर्न थालिएपछि पिसिआर परिक्षणको दायरा बढाउन र लकडाउनमा कडाई गर्न स्थानियले माँग गरेका छन् ।

यता गजेन्द्र नारायण सिंह अस्पतालका सफाइकर्मी तथा सोही अस्पताल हाताभित्र संचालित पोषण गृहका स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएपछि अस्पताललाई सेनिटाइन र पोषण गृहलाई सिल गर्ने तयारी थालिएको स्थानिय प्रशासनले जानकारी दिएको छ ।
यस्तै संक्रमित पुष्टि भएका एक दम्पत्तिकी छोरी सनराईज बैंकमा कार्यरत रहेकाले उक्त बैंक पनि सिल गरिएको छ । पछिल्लो दुई दिनमा संकलित २ सय ५१ जनाको पिसिआर रिपोर्ट आउन अझै बाँकी रहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए ।

नगरमा दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि राजविराज नगरपालिकाले बुधबारदेखि नगर क्षेत्रभित्र पूर्ण लकडाउनको घोषणा गरी सोको पालना गर्न एक सूचनामार्फत आग्रह गरेको छ । नगर प्रमुख शम्भुप्रसाद यादवले नगर क्षेत्रमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अनिश्चितकालका लागि पूर्ण लकडाउनको निर्णय गरिएको बताए ।

उनले समुदायस्तरमा कोरोना भाइरस संक्रमणको उच्च जोखीम देखिएको बताउँदै सबैलाई सचेत र उच्च सतर्कता अपनाउन सूचनामार्फत अपील समेत गरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : २६ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई