३ आश्विन २०८३, शनिबार | September 19, 2026

प्रिमियर लिगको उपाधी लिभरपुलले उचाल्यो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा गएराति भएको लिगको अन्तिम खेलमा लिभरपुलले चेल्सीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा ३ गोल गरेकाे लिभरपुलले एक गोल खाएको थियो ।

२३ औं मिनेटमा नाबी केईटाले लिभरपुललाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले लिभरपुलको अग्रता दोब्बर पारे । लगातार आक्रामक खेल खेलेको लिभरपुलले ४३ औं मिनेटमा तेस्रो गोल गरेको थियो । जर्जिनियो विजनाल्डमले गोल गरेपछि घरेलुटोली ३-० ले अघि बढ्यो ।

पहिलो हाफको अतिरिक्त समयमा चेल्सीका ओलिभर जिरुले गोल गर्दै अन्तर ३-१ मा ल्याएका थिए । दोस्रो हाफमा लिभरपुलले २ गोल थप्दा १ गोल खाएको थियो । रोबर्टो फिर्मिन्होले ५५ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४-१ ले अघि बढ्यो ।

तर, ६१ औं मिनेटमा टमी अब्राहमले गोल गरेपछि चेल्सीले अन्तर ४-२ मा ल्याएको थियो । ७३ औं मिनेटमा चेल्सीकै लागि क्रिस्टियन पुलिसिकले लागि गोल अन्तर ४-३ मा ल्याएका थिए ।

८४ औं मिनेटमा एलेक्स आक्सलेड चेम्बरलेनले गोल गरेपछि लिभरपुल ५-३ गोल अन्तरले विजयी भयो । च्याम्पियन लिभरपुलले ९६ अङ्क बनाएको छ । पराजित भएको चेल्सी भने ६३ अङ्कका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : ५७ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको